Rita Sanjel

सत्यको सदा भइरहोस् जीत मानिसमा मानवताको फैलियोस तरङ्ग

Hollywood Khabar March 18,2019 Comments

रीता संजेल
बुद्धि विवेक ज्ञान विज्ञानमा धनी
विचार भावना सफा र साझा त
कहिले कायम हुन्न कि अब भन्छन्
यस धर्तीका मानिसमा अझै पनि।

सत्य युगमा भगवान् विष्णु
उनका भक्त प्रह्लादका सामु
कुभलो चिताइ गर्दा काममा
नष्ट भएथे हिरण्य कसिपुको
योजनामा होलिका अग्निमा।

आज पनि कलियुगमा फुर्सद
कसैलाई छैन हिसाब किताब राख्न
कर्मको फल त सबैले भोग्दैछन्।

होलि सङगै जोडिएको रहेछ
भगवान कृष्णसंगको पुतनीको
दुष्प्रयासमा आफ्नो अन्त्य राजलीला।

जब जब भएछ असत्यको हार
तब तब खुशीयालीमा मनाउदै होली
स्मृतिमा कशिपु होलिकाका दुष्प्रयास।

आपसमा राखेर सद्भाव सदाचारका साथ
फरक फरक रङ्गहरुमा साटेर असल भाव
प्रकृतिले नि छर्छ सुन्दर वसन्त बहार
सत्यको जीत असत्यको हार।

होलि पर्व त रहेछ सदा खास
इतिहासदेखि आजसम्म पनि हेर
सबैको जीवनमा बढोस् नविन उमंग ।
जिन्दगीका हर सत्कर्ममा
भरियोस अनेकौं खुशीले रङ्ग।

सत्यको सदा भइरहोस् जीत
मानिसमा मानवताको फैलियोस तरङ्ग।

मनको धुलोमैलो हावाहुरिले
उडाएर कतै पर पुर्याइ भरोस स्वछता।

सबैको चाहना अनुसार खुशीयाली छाओस
मन मनमा हर जीवनमा
सुख शान्ति समृद्धि कायम रहोस् सदा।