तस्बिर साभार वेब

सभामुखका उम्मेदवार अग्नि सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न प्रचण्डको आग्रह

Hollywood Khabar January 21,2020 Comments

८ माघ,काठमाडौं।सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गर्नुभएको छ। हत्या’का आरोपीलाई सभामुखको उम्मेदवार बनाइएको भन्दै केही मानवअधिकारकर्मी र अधिकारवादीले माइतघर मण्डलामा धर्ना दिएकै दिन अध्यक्ष प्रचण्डले दुःख नगर्न आग्रह गर्नुभएको हो । 

आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा दाहालले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएकाले यसमा कसैले माइतीघरमा दुःख गर्नु नपर्ने बताउनु भयो । ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरूले किन दुःख गरेका हुन् जाडोमा ?’, दाहालले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सापकोटाकाविरुद्धमा कुनै मुद्दा नै नभएको समेत दाबी गर्नुभयो । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो । पार्टीमा सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौं’,उहाले भन्नुभयो, ‘हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतीघर मण्डलमा साथीहरूले दुःख नगरे हुन्थ्यो ।’