-सभामुख डा शिवमाया तुम्बाहाम्फे

सभामुख डा तुम्बाहाम्फे राजनीति र सोसल मिडियामा हिरो, छोटो परिचय सहित

Hollywood Khabar January 12,2020 Comments

कृष्ण के सी/अमेरिका/१/१४/२०

नेपालीको प्रतिनिधि सभाकी सभामुख डा शिवमाया तुम्बाहाम्फे राजनीति र सामाजिक संजालमा हिरो भएकी छन्।

तत्कालिन सभामुख कृष्ण बहादुर महराले अनैतिक ब्यबहार गरेका कारण सभामुख र सभासद दुवै पदबाट मुक्त भएर जेल समेत चलान भएका छन्। त्यसपछि उपसभामुखको जिम्मेवारी निभाउँदै आएकी तुम्बाहाम्फेले कार्यबाहक सभामुखको जिम्मेवारी लिएकी हुन्।

संबिधानको प्राबधान अनुसार कार्यबाहक सभामुखले राजिनामा नदिएसम्म सो पद खाली भएको मानिंदैन या नयाँ सभामुख फेर्न समेत सकिन्न। पछिल्लो समयमा आएर उनले आफूले सभामुख पदबाट राजिनामा दिनुपर्ने कुनै कारण नभएको अभिव्यक्ति दिएकी छन्।

उनको सो अडानलाई उनकै पार्टी नेपाल कम्यूनिष्ट पार्टीका एक धारले सपोर्ट गरेका छन्। तर सोहि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले भने उनलाई हटाएर पूर्व सभामुख सुवास नेम्बाङ्गलाइ ल्याउने आन्तरिक तयारी गरिसकेका छन्।

संबैधानिक ब्यबस्था अनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख दुवै पदमा उम्मेद्वारी दिन नपाइने ब्यबस्था अनुसार नेकपाले उपसभामुख पद गुमाउने भएको छ। पूर्व सभामुख महराको गल्तीका कारण आफ्नो पदिय जिम्मेवारी दाउमा परेपछि चपेटामा परेकी सभामुख तुम्बाहाम्फेले अन्तत राजिनामा नदिने कुरा गरेकी छन्।

उनको सो अभिव्यक्ति पछि उनाका विपक्षमा पनि स्वर आएका छन्। तर बिरोध भन्दा सपोर्टमा आएका स्वर र समर्थनले उनलाई समाचार, सामाजिक संजाल र गसिपमा समेत हिरो बनाएको छ।

सभामुख तुम्बाहाम्फे पूर्वी नेपालमा विगत ४० वर्ष देखि वामपन्थी राजनीतिमा लागेकी हुन्। तुम्बाहाम्फे अन्तिममा प्रतिनिधिसभाको उपसभामुख हुँदै सभामुख भएकी हुन्। राजनीतिशास्त्रमा त्रिभुवन विश्वबिधालयबाट पीएचडी गरेकी सभामुख तुम्बाहाम्फे नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य थिइन।

उसो त सभामुख तुम्बाहाम्फे २०२६ मा इजरायलका लागि नेपाली राजदूत रामेत छानिएकी भएता पनि मन्त्रीपरिषद विघटनले गर्दा राजदूत हुन सकिनन्।

सभामुख तुम्बाहाम्फे नेपालको ताप्लेजुङ्ग जिल्लामा जन्मिएर झापामा आफ्नो अध्ययन गरेकी व्यक्ति हुन्। २००६ मा उनले त्रिभुवन बिश्वबिधालयबाट राजनीतिशास्त्रमा बिधावारिधि (पिएचडी) गरेकी हुन्। उनको पिएचडीको थेसीस नेपालमा महिलाहरुको राजनैतिक आन्दोलन भन्ने बिषयमा छ।

४० बर्ष पहिला नेपालको मोरङ जिल्लाबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेबाट उनले राजनीति सुरु गरेकी हुन्। त्यसमा पनि सुरुमा उनि मालेको बिधार्थी सगठन अखिल नेपाल स्वतन्त्र बिधार्थी संगठन (अनेरास्ववियू) बाट सुरु गरेकी हुन्। १९९५-१९९६ मा उनी अनेरास्वबियूको केन्द्रिय उपाध्यक्ष समेत भएकी थिइन। तर पनि उनले कम्युनिष्ट पार्टी मालेको सदस्यता भने १९९० मा नै लिएकी थिइन्।

२०१४ मा भएको नेकपा एमालेको ९ औं महाशिवेशनबाट भने उनि केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइन। पछिल्लो समयमा सभामुख तुम्बाहाम्फे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीकै गुटको मानिएकी थिइन।

१५ मार्च २०१८ मा भएको संसदाको निर्वाचनबाट उनले १४३ मत ल्याएर उपसभामुख पदमा निर्वाचित भएकी हुन्। उनि उपसभामुखमा निर्वाचित हुँदा ५३ बर्षकी थिइन। उसो त उनका आफ्नै भाइ बिजय सुब्बा पनि नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सदस्य छन्।