-अग्नी सापकोटा

नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउनेको निर्णय गर्यो 

Hollywood Khabar January 18,2020 Comments

५,माघ,काठमाडौं।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सापकोटालाई सभामुखको उमेदवार बनाउने सहमति जुटेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णयगर्दै उपसभामुखलाई राजिनामा दिन आग्रह गरेको छ ।

साविकको सिन्धुपाल्चोक–२ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए । सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्षको  प्राध्यापन छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए । सापकोटाले सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन् ।