-महिला साफ च्याम्पियनसिप राष्ट्रिय महिला फुटबल टिमको घोषणा

महिला साफ च्याम्पियनसिप राष्ट्रिय महिला फुटबल टिमको घोषणा

Hollywood Khabar March 06,2019 Comments

सन्तोष प्रणामी/ललितपुर

नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप राष्ट्रिय महिला टिमको घोषणा गरिएको छ ।

२३ जना खेलाडीबाट मुख्य प्रशिक्षक हरि खड्काले साफ च्याम्पिनसिप खेल्ने २० सदस्यीय महिला फुटबल टिमको अन्तिम छनोट गरेका छन्। बन्द प्रशिक्षणमा रहेका

प्रमुख प्रशिक्षक खड्काले पुर्व कप्तान अनु लामालाई टिमबाहिर राखेका छन्। अनुसँगै सुनिता चौधरी र विमला चौधरी टिमबाट बाहिरिएका छन्। राष्ट्रिय यु–१९ का ६ खेलाडी अटाएका छन्। प्रतियोगिता फागुन २८ गते विराटनगरको सहिद रंगशालामा सुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

२० सदस्यीय महिला टिममा:

गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्बू

मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी

स्ट्राइकर : रेखा पौडेल, निरु थापा कप्तान, सावित्रा भण्डारी