रुवालीको तीज गीतको छायांकन इटहरीमा

Hollywood Khabar July 22,2017 Comments

हिन्दु महिलाहरुको माहान पर्व तीज संगै गायक गायिकाहरुले विभिन्न खाले बजारमा ल्याएर दर्शक श्रोताहरुलाई नचाउने क्रममा पुर्बी इटहरीमा गत शुक्रबार एक गीतको म्युजिक भिडियो छायांकन गरिएको छ।
राम रुवालीको शब्द, बसन्त सापकोटा को संगीत तथा मेलिना राइको स्वरमा सजिएको स्वामी राजा बोलको गीतको म्युजिक भिडियो इटहरीमा छायांकन गरिएको हो, पुर्बको इटहरीमा छायांकन गरिएको उत्त गीतको म्युजिक भिडियो पूजा निर्देशन  मारियाले गरेकी छन भने, छायांकन शिर कुमार राइले गरेका छन। निर्त्य निर्देशन आइस्वर लिम्बुले गरेका हुन, त्यस्तै मुख्य भुमिकामा  दिनेश कोइराला र रिना न्यौपानेले गरेका हुन।
एलिशा राई, निशा छेत्री, कन्चन तिवारी, रेशा राई प्रेरणा राइ, कोपिला कार्की, सोनु तामाङले निर्त्यमा साथ दिएका छन  मेकअप महेश सिग्देल गरेका हुन हिन्दु महिलाहरूले तीजमा गरगहना लाई पहिलो प्राथमिकता दिदै आएको हुनाले त्यस्तो किसिमको तडकभडक लाई परिवर्तन गर्नुपर्छ। सुन हैन रातो सारी चुरा पोतो लगाउने हो भन्ने किसिमको संदेशमुलक शब्द संयोजन गरेको बताउछन गीतकार राम रुवाली डेढ दशक देखि अस्ट्रेलिया बसेर आफ्नो कार्यब्यास्तताको बाबजुद पनि नेपाली गीत संगीतलाई माया गरेर निक्कै राम्रो राम्रो शब्द संयोन गरेका छन गीतकार रुवालीले।
यश अघि रुवालिका दुई वटा गीत रेकर्ड भएर म्युजिक भिडियो समेत बजारमा आइसकेको रुवाली बताउछन, भबिस्यमा हिरो बन्ने सपना बोकेर काठान्डौमा अभिनय सिक्दै नाटक र टेलिचलचित्रहरुमा अनुभव बटुलेका राम रुवाली पढाइको सिलसिलामा जापान हुँदै अस्टे्रलिया पुगे, डेढ दशक देखि अस्ट्रेलियामा बसोबास गरिरहेका रुवाली नेपाली गीत संगीतमा गीत रचनाको माध्यम बाट प्रभासमा रहेर पनि  केहि योगदान पुर्याउन सकिन्छ भन्ने दृढ बिस्वासका साथ लागि परेका छन।
भर्खरै छायांकन गरिएको उत्त तीज गीतको म्युजिक भिडियो रुवालिको चौथो गीतको रुपमा बजारमा आएको भएतापनी उत्त गीत उहाले जिवनमा पहिलो पटक रचना गरेर आफ्नो गिति यात्रा अगाडी बढाएको रुवाली बताउछ्न।
निक्कै नै राम्रा राम्रा गीत रचना गर्न सक्ने क्षमतावान रुवालीले हाल सम्म डेढ सय भन्दा ज्यादा गीत लेखी सकेको बताउछन, राम रुवालीले एउटा कुसल तथा अनुसासित गीतकार रहेको र उहाले रचना गर्नु भएको यो तीज गीत र म्युजिक भिडियो चाडै सार्बजनिक हुने र तीज आउनै लागेतापनि छोटो समयमा धेरै श्रोता दर्शकहरु मन जित्ने र सोछे भन्दा सफलता प्राप्त गर्न सकिने सुटिङ स्थल बाट उत्त गीतको निर्देशक पूजा मारियाले जानकारी गराइन।