-प्रजिअ उदय राना

प्रजिअ रानाको सर्हानिय काम-सेवाग्राहीलाई कफीले सम्मान 

Hollywood Khabar May 14,2019 Comments

२ चैत,भैरहवा।कार्यालयलाई पूर्ण सेवाग्राहीमैत्री बनाउने उद्देश्यले  रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा आउने सबै सेवाग्राहीलाई निःशुल्क चिया/कफी खुवाउने काम सुरु भएको छ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले प्रत्येक महिना नयाँ काम’ अभियान यस महिनाबाट कार्यालयमा आउने  सेवाग्राहीलाई निःशुल्क चिया/कफी खुवाउन सुरु गरिएको  बताए।भेन्डिङ मेसिनमा राखिएको चिया तथा कफी सेवाग्राहीले आफैं निकालेर पिउन सक्ने सेवा बुधबारबाट सुरुवात गरेको  प्रजिअ रानाले बताए।

यसअघि प्रशासन र्यालयमा स्वास्थ्य सेवा, स्तनपान कक्ष, राष्ट्रिय गानबाट कार्यालयको सुरुवात, टेलिभिजन, फ्रि वाइफाई, पुस्तकालय, चिसो–तातो पिउने पानी, नाफा रहित हुलाक टिकट विक्री वितरण, टोकन प्रणालीबाट सेवा लगायत थुप्रै सेवाग्राहीमैत्री काम सुरुवात गरेको जनाएको  छ।सेवाग्राहीको लागि बगैंचा र गोलघरकक्ष समेत निर्माण गरि बगैंचामा बसेर  चिया कफी खुवाउने कामको थालनी गर्ने रुपन्देही पहिलो जिल्ला प्रशासन कार्यालय बनेको छ।