-प्रहरीको नियन्त्रणमा व्यापारीमाथि धारिलो हतियार प्रहार गर्ने युवक।

रुमालको विषयमा व्यापारीमाथि हतियार प्रहार

Hollywood Khabar June 09,2019 Comments

२८ जेठ,बुटवल।बेच्न राखेको रुमालको बिबादमा रुपन्देहीका एक युवकले व्यापारीमाथि धारिलो हतियार प्रहार गरि घाइते बनाएका छन् ।सोमबारे बजारमा व्यापार गरिरहेका बिष्णु पटवाको पसलको रुमाल सैनामैना ३ सुनगाभा चोकमा बस्दै आएका १८ बर्षिया बिक्रम जिटीले  प्रयोग गरेपछि बिवादहुँदा जिटीले बिष्णुमाथि धारिलो हतियार प्रहार गरेका हुन्।घटनामा ब्यापारी बिष्णु पटवाको पाखुरामा चोट लागेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले जानकारी दिए। जिटीलाई ईलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रणमा लिएको छ ।