Krishna KC

आफ्नै रुद्री गर्नेबेलाका न्यूयोर्कमा भाषण ठोक्नेहरुले पत्रकारलाइ आरोप लगाए

Hollywood Khabar January 19,2019 Comments

कृष्ण के सी/अमेरिका

नेताहरु आफूलाई हुकुमको बास्सा संझन्छन भलै उनीहरु मध्ये धेरै त इंटाका दुवातिर्की हुन्छन। नेपाली राजनीति र समाज जस्तो परिवेशमा छ अमेरिकामा रहेका नेपालीहरु अलिकति पनि त्यो भन्दा माथि उठ्न सकेका छैनन्। त्यही भएर जहा भेटे पनि आफ्नै भडास र गुनासा पोख्ने र दोश जति अर्काको टाउकोमा थुपार्ने गर्छन।

म आफूलाइ पत्रकार भन्दिन तर धेर-थोरै कसैले संचारकर्मी भन्दियो भने आपत्ति लाग्दैन । लेखक त कसरी हुन सक्छु ? बकवास लेख्ने मात्र लेखक हो भनेत सवै पर्लान तर विषयलाई न्याय गर्दै गहिराइसम्म गएर लेख्ने पो लेखक । बल्ल अलि अलि सिक्दैछु। दिग्गज लेखकहरुको बोल्ने र लेख्ने फरक भाषा हुँदा रहेछन। तर मसँग भने बोल्ने र लेख्ने एउटा नै मात्र भाषा छ अनि त्यसैलाई पस्कंछु । जे म बोल्छु त्यहि भाषामा लेख्छु। यो नै मेरो पहिचान हो। यसलाई म परिवर्तन गर्न चाहन्न र सक्दिन। यदि गरे भने मेरो पहिचान नै समाप्त हुनेछ । मेरो मान्यता भनेको मेरो कुरा हजारौं लाखौँ भिडले पढ्नुपर्छ, हेर्नुपर्छ भन्ने छैन। लेखेको कुरा कम्तिमा पनि एउटा संबन्धित व्यक्तिले पढ्यो, हेर्यो र उसमा असर पर्यो भने मेरो काम पूराभयो।

नेपाल अमेरिका पत्रकार संघ-नेजाले देशको पूर्वी क्षेत्रतिर दुइवटा सामुदायिक अन्तर्कृया सम्पन्न गर्यो। यस्तो काम संचार संस्था र पत्रकारहरुको संस्थाले नै गर्ने हो। थालनी र सफलता दुवै गर्नुभयो, यो नयाँ र राम्रो सुरुवात हो। यसका लागि साथीहरु धन्यवादका पात्र छन्। त्यसैले मैले पनि दुइ शब्द धन्वावादको लागि खर्चेको छु। धन्वावाद अनि बधाई !

प्रसंङ्ग हो नेजाको न्यूयोर्कको सामुदायिक अन्तर्कृया र बक्ताहरुको दुइ शब्द। बक्ताहरुले पत्रकार माथि सवै खालका आस, त्रास, प्रसंसा, स्तुति, जयजयकारको अपेक्षा रहेको कुरा पोख्न भ्याए। कतिले त पत्रकार फटाहा भएको अभिव्यक्ति पनि दिन भ्याए। मुद्धा हाल्नु पर्ने कुरासम्म पुग्यो।

विल्कुलै दुधले नुहाएर पन्चामृत आर्चेको पवित्र व्यक्ति कोहि पनि छैनन। पवित्र बैधिक मन्त्र जपेर राजनीति गर्ने गान्धी र किशुंनजी पनि अब रहेनन्। अनि विशुद्ध समाचार सम्प्रेषण गर्ने नेपाली अमेरिकन मात्र होइन नेपाली जगतका पत्रकार र संचारकर्मी सायद नै होलान । अमेरिकाका ठूला संचार गृह पनि एउटा एउटा बिंडो समातेर आएका छन।

उसो त नियमित आंदानीको श्रोत नभएका तर महिनाको दुइ चार राज्य घुम्ने मोवाइल संचारकर्मी पत्रकार पनि हाम्रै माझ छन्। तिनैलार्ई सर्वोसर्वा ठान्ने नेपाली मनोबृत्तिको त जति नै चर्चा गरेपनि कम हुन्छ। पत्रकारका गलत धन्दा र कर्मपनि समाचारका विषय हुन्छन्। त्यो पनि चाडै वाहिर आउने नै छ। न्यूयोर्कको त्यो कार्यक्रममा पत्रकारहरुलाई पाठ सिकाउने र फटाहा भन्ने मध्येकैले पनि दुई चार फ्लाइट टिकेट खर्चेर आफ्नो हनुमानचालीसा जप्न लगाएको हामीले नदेखेको र नपढेको होइन।

त्यो कार्यक्रममा बोल्ने सबैजसो व्यक्तिहरु कुनै न कुनै संघ-संस्थामा आबद्ध छन्। उनीहरु आफ्नो संस्थामा कति इमान्दार छन् ? सवै संस्थालाई एउटै टोकरिमा नहालौं तर अमेरिकामा दर्ता भएका कतिपय संस्थाहरु ठुलो रकम लिएर अमेरिकामा मानिस झिकाउने धन्दामा छन् की छैनन् ? ओसरा पसार कारोवार वा नेपालमा ब्यापार ब्यबसाय र लगानी गर्ने वहानामा भएका कामको पत्रकारहरुले गहिराइमा गएर समाचार वनाउन नभ्याउदा सम्म समाजका अगुवाहरुको यस्तो गनगन अझ बढ्छ। यसो भन्दै गर्दा राम्रो योगदान र धेरै प्रसंसनिय काम गरिरहेकालाई मर्का नपरोस।

उसो हो ता पनि उहाँहरुको आरोपमा म केहि रुपमा सहमत केहि कारण असहमत छु। केहि पत्रकार या व्यक्तिहरुले फेसबुकमा लेख्छन अनि त्यसैलाई समाचार र पत्रकारिता बुझ्ने मानसिकता तिनै न्यूयोर्कमा भाषण ठोक्ने नेताहरुमा छ। समाचार तयार गर्दा पत्रकारिताका निश्चित मापदण्ड अपनाइन्छ। त्यसलाई विस्वासिलो, सन्तुलित र प्रकाशन गृह जवाफदेहि हुने गरि प्रकाशनमा ल्याइन्छ।

समाचार, लेख र सामाजिक संजालको अपडेटलाइ फरक रुपमा हेरौ। समाजिक सन्जाल त भडास पोख्ने, खुइल्याउने, आफ्नो बकबास ९९ जनालाई ट्याग गरेर बौद्धिक दम्भ प्रदर्शन गर्ने माध्यम जस्तो बनाइएको छ। अनि त्यसैलाई पत्रकार र पत्रकारितासँग ल्याएर जोड्ने? पत्रकारितासँग फेसबुक वा अरु कुनै सामाजिक सन्जालमा लेखिने स्टाटसको कुनै साइनो नै छैन। अन्यथा तपाइको बक्तब्य आम व्यक्तिहरुको लागि लालुको भाषण जस्तै कमेडी हुनेछ ।

बल्छि, अल्छि, बादी, प्रतिवादी पत्रकारहरुको कमि छैन हामीकहाँ। हामीसँग अमेरिकामा बल्छि थापेर बस्ने ढुकुवा संचारकर्मी र पत्रकार साथीहरु पनि छन। एउटा कुहिएको आलुले बोरा नै सडाउने कुरामा सहमत भएता पनि सबै बोरा आलुका मात्र हुँदैनन भन्नेकुरा मैले बुझेको छु। बोरा बालुवा र अरु कुनै कुराका पनि हुन्छन। अनि बालुवाका बोरामा कुहिएको आलु हाले पनि बालुवा कुहिंदैनन। अब कुहिएका आलुका बोराका कारण दुनियाँको बालुवाका बोरा समेत फाल्नु पर्ने कारण हुँदैन।

कतिपय साथीहरु चाहिँ अल्छि छन्। महिनौमा मन पसन्द एकजनाको समाचार लेखि टोपल्छ्न। कपि पेष्ट गर्छन, मेरो पनि गरेका छन्। कहिले काहिँ त मेरो बाइलाइनलाइ पनि काटेर हिमाल, पहाड, सागर जस्ता नाम लेख्छन। कोही साथीहरु भने उनका उनि र ऊ का लागि संचार पोर्टल खोलेर बसेका छन्।

कतिपयलाइ भने तपाइँ बक्ताहरु जस्तैले आफ्ना तर्फका पत्रकार भनेर बिगारेको हो। फलानो त हाम्रै पट्टिको पत्रकार हो, ढिस्कानो मेरै मान्छे हो। हाम्रो फेबरमा लेख्छ भन्ने व्यक्ति को हो ? तपाइँ बक्ता मध्ये सबैजसो नै हो।

अलिकति दोषको दागको भाग त हामी संचारकर्मी र पत्रकार आफैंमा पनि पर्छ। हामी पनि पानी माथिको ओभानो र कुंड़े नजिकको चोखो बिरालो हुन चाहंदैनौ। खेमा र बादी हामी पनि छौं। प्रजातन्त्रबादी (काँग्रेस) र देब्रेपंथी (कम्यूनिष्ट) बादी पत्रकारको लुर्को बनेर त चुनाब नै गर्छौं। भलै त्यो कुरा नेपाल पत्रकार महासंघमा होस् या नेजामा होस। यो भन्दा धेरै गन्धा र संसारका सबै भन्दा खराब कुराको आरोप लगायता पनि तपाइहरुको आरोपको केहि मात्र आरोपमा म सहमत छु।

यसो भनि रहंदा तपाइँहरुको आरोपमा मेरो धरै असहमति पनि छन। सबै मान्छे राम्रा हुँदैनन। राम्रा जति सबै मान्छे नै हुँदैनन।उनीहरु आफै भगवान या भगवानका तर्फबाट हुन्छन। यो मेरो आफ्नै मान्यता हो। आफै गन्धा भएपछि, चश्मा नलगाएको या लगाएको आँखाले काँडाको संसार देख्छ। तर्सेको मृगले ठूटो पनि सिंह र आत्तिएको व्यक्तिले छेस्कोलाइ पनि भूत-भूत देख्छ। तपाइँहरुको पनि तेस्तै दृष्टिभ्रम भएको हो। फर्केर हेर्नुपर्ने तपाइँ आफूले आफैलाइ हो पत्रकारलाइ होइन।

राजनैतिक क्षेत्र मात्र होइन अरुले पनि दोष पत्रकारलाइ नै लगाउँछन्। आइडिबडी, ३३ किलो सुन, निर्मलाको हत्यारा, प्रश्तावित प्रधान न्यायाधितको नक्कली प्रमाण पत्र, हेली काण्ड, १८ करोडको गाडि काण्ड, मुख्यमन्त्रीले सचिव कुट्ने काण्ड, मार्शी काण्ड, बंगलादेश काण्ड यस्ता हजारौ काण्डमा पत्रकार नै दोषी भनिएका छन्। किन कि उनीहरुले आम रुपमा लेखिदिए-बिचरा दोषी पत्रकार ! आफ्नै रुद्री गर्ने बेला कसको आएको होला त्यसको जवाफ आफै दिनुहोला !!!!