-NRNA NCC USA:संचारकर्मी रोशन अधिकारिले बोर्ड सदस्य उम्मेद्धार

NRNA NCC USA:संचारकर्मी रोशन अधिकारिले बोर्ड सदस्यमा उम्मेद्धारी दर्ता गरे

Hollywood Khabar April 18,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा सान फ्रान्सिस्कोका रोशन अधिकारीले बोर्ड सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

संचारकर्मी रोशन अधिकारीले क्यालिफोर्निया सान फ्रान्सिस्को बे-एरिया बासी सबै माझ चिरपरिचित हुन्। उनको नोमिनेशनमा प्रस्ताबक पुतली कुमारी अधिकारी र उत्तम धमलाले समर्थन गरेका छन।

अधिकारीले २०१७-२०१९ कयालिफोर्निया राज्य च्यापटर सचिवको रुपमा काम गरिसकेका छन्। साथै अरु बिभिन्न संघसस्थामा रहेर समेत काम गरेका छन्। अधिकारीले आगामी चुनावको लागि सबैसँग सहयोग सबैतिरबाट पाउने बिश्वास राख्दै उमेद्दवारी दर्ता गरेको बताएका छन।