युरोपेली च्याम्पियन्स लिगमा रोनाल्डोलाई रातो कार्ड  

Hollywood Khabar September 18,2018 Comments

४ भाद्र,काठमाडौं।पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले लिगको चौथो खेलमा पहिलो गोल गरेका रोनाल्डोले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा रातो कार्ड पाएका छन्।यससंगै इटालियन क्लव इभेन्टसको यात्रा असहज हुने देखिएको छ।युभेन्टसले भ्यालेन्सियालाई २–० ले पराजित गरेको खेलमा रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको आरोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए।खेलको २९ अौं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भएको थियो।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर मुरिलोलाई हात लगाएपछि रेफ्रिले अतिरिक्त रेफ्रिको सल्लाह अनुसार रातो कार्ड दिएका थिए।पहिलो हाफको अन्तिम मिनेटमा भ्यालेन्सिया कप्तान ड्यानी परेहोको गल्तीमा युभेन्टसले पेनाल्टी पायो।डिफेन्डर जोआओ क्यान्सेलोलाई पेनाल्टी क्षेत्रभित्र लडाए पछि रेफ्रिले पेनाल्टी दिए । मिरालेम प्यानिचले त्यसमा सहजै गोल गरे।दोस्रो हाफमा पनि युभेन्टसले पेनाल्टी पायो र प्यानिचले त्यसमा पनि कुनै गल्ती नगरी टोलीलाई २–० को अग्रता दिलाए।रातो कार्ड पाएका रोनाल्डो अर्को खेलमा पनि उपलब्ध हुने छैनन्।यद्यपि क्लबले यूईएफए समक्ष अपिल गर्ने सम्भावना कायमै रहेको छ ।