-नेकपाका विजयी उमेदवार जनकबहादुर बुढा

रोल्पाको थबाङ–१को वडाध्यक्षमा  नेकपाका उमेदवार विजयी

Hollywood Khabar November 29,2019 Comments

 १४ मंसिर,रोल्पा।रोल्पाको थबाङ गाउँपालिका–१को वडाध्यक्ष पदको उपनिर्वाचनमा  नेकपाका जनकबहादुर बुढा  विजयी भएका छन्।नेकपाका तर्फबाट वडाध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् ।१ हजार  २७४ मतदाता रहेको १ नम्बर वडामा जम्मा  २०९ मत खसेकोमा ९ मत बदर भएको थियो ।