Hollywoodkhabar advertisement

गुल्मी जिल्लाको पहिचान बोकेको रोइला गीत बिमोचन

-Gulmi Roila Song
0
shares

दिपक परियार

गुल्मी जिल्लाको पहिचान बोकेको रमाइलो रोइला गित गुल्मी बोलको आज एक कार्यक्र गरि सार्बजनिक भएको छ ।

बुटवलमा आज सम्पन्न एक कार्यक्रमका बीच प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका हुन्। गुल्मी बोलको रोइला भाकाले समग्र गुल्मीको पहिचानको रुपमा हेरिएको छ । लोक भाका तथा दोहोरीले समग्र देशको बिकाश र समाजको दर्पणको रुपमा काम गर्ने भएकाले जनतालाई सुसुचित गर्ने र समाजलाई सकारात्मक दिशामा अघि बढाउने खालको संगीत रचना गर्न मन्त्री बरालको सुझाव दिएका छन ।

गित बिमोचन कार्यक्रममा बोल्दै उनले देशको पर्यटकिय धार्मिक तथा सास्कृतिक परम्पराको चिनारी दिने खालका गीतले समाज परिवर्ननमा ठुलो भूमिका खेल्ने बताए । आकाश दर्पण क्रियशनले बजार व्यावस्थापन गरेको गितमा गुल्मेली गायक दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ ।

प्रेमराज खरेल र दीपक परियारको शब्द सिर्जना रहेको गितमा दिपक परियार स्वयम् ले संगीत भरेको छन, गितमा दिपेश लामाको एरेन्ज रहेको छ । फोर एस मिडियाको निर्माणमा रहेको गीतको म्युजिक भिडियोमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शिव बिकको निर्देशन रहेको गितको म्युजिक भिडियोमा बिजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन्। बुटवलमा आज सम्पन्न बिमोचन कार्यक्रममा पत्रकार सुमन श्रेष्ठ, प्रमुख अतिथि प्रदेश न ५ का सामाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल, गीतकार शिव पी सुबेदी, गायक दिपक परियार, लगायतले बोलेका थिए। सो बिमोचन कार्यक्रमको संचालन मोहन न्यौपानेले गरेका थिए ।