NRNA:रकेट साइण्टिष्ट राजीब प्रसाद श्रेष्ठले पनि बोर्ड सदस्यका उम्मेदवार

NRNA:रकेट साइण्टिष्ट राजीब प्रसाद श्रेष्ठले पनि बोर्ड सदस्यका लागि उम्मेदवारी दर्ता गरे

Hollywood Khabar April 17,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१८/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा रकेट साइण्टिष्ट राजीब प्रसाद श्रेष्ठले बोर्ड सदस्यका लागि उम्मेद्वारी दर्ता गरेका छन्।

एनसीसी अमेरिकाको इंडियाना राज्य च्याप्टरका संस्थापक अध्यक्ष तथा रकेट साइण्टिष्ट राजीब प्रसाद श्रेष्ठले बोर्ड सदस्यका लागि उम्मेदवारी दर्ता गरेको कुरा हलिउडखबरलाइ जानकारी दिएका छन्।

श्रेष्ठको नोमिनेशनमा प्रस्ताव र समर्थन च्याप्टरका वर्तमान उपाध्यक्ष, इंडियाना राज्यका जनसम्पर्क समितिका वर्तमान अध्यक्ष सुनील वाग्लेले, बर्तमान नेप्लीज एसोसिएशन अफ इंडियानाका अध्यक्ष सुरेश रेग्मीले गरेका छन।

राजीब प्रसाद श्रेष्ठले विगत दुई बर्षमा इंडियाना च्याप्टरको अध्यक्षको कार्यकालमा आफुले अरु च्याप्टरका अध्यक्ष साथीहरु र एनआरएनएका पधाघिकारीहरुबाट संस्थाको बारे धेरै कुरा सिक्ने अवसर प्राप्त भएको कुराको बताए।

यदि आफुले एनआरएनए एनसीसी अमेरिकाको चुनावमा बिजय भई सेवा गर्न अवसर पाए बिगत २५ वर्ष देखी आर्जन गरेको कर्पोरेट र समाज शेवा क्षेत्रका अनुभवलाई परिचालन गरी एनआरएनएलाई संस्थागत रूपान्तरण गर्न संस्थाको बिद्धमान नीति, नियम र प्रकृयालाई परिवर्तन गरि नयॉ तरिकाले संस्थालाई अगाडी लैजान प्रयत्न गर्ने कुरा बताए।

श्रेष्ठले आफ्नो विचार राख्दै भने संस्थाको दीर्घकालीन व्यवहार्यता (Viability) र संस्थालाई सार्थक र जीवित राख्नको (survivability) लागि, राज्य च्याप्टरलाई सशक्त (empowerment) गर्द लैजान जरूरत छ। संस्थाको सफलताको (Success) लागि सहभागी लोकतान्त्रिक (participatory) र विकेन्द्रीकरणको (decentralization of power) सिद्धान्त लाई अपनाउन अत्यन्त जरुरी भएको कुरा बताए। आफ्नो मुख्य उद्देश्य पनि संस्थालाई यस दिशामा लैजान मद्धत गर्ने बताए।

नेपालको ललितपुर जिल्लामा जन्मेका राजीब प्रसाद श्रेष्ठ १९९७ मा कामका शिलशिलामा अमेरिका आएका थिए। बिगत १० वर्ष देखी उनी इण्डियान पोलिसमा बस्दै आएका छन्। श्रेष्ठको बौद्धिकता कै कुरा गर्दा उनले Riga Aviation University, Latvia बाट Aerospace engineering मा मास्टर डिग्री प्राप्त गर्नुको साथै MI-8 को

फ्लाइट ईन्जिनियरमा प्रशिक्षण प्राप्त गरेका छन।

बिगत २५ वर्षमा उनले विभिन्न मोडलका बोइङ र एयरबस विमानमा काम गरेर दक्षता हासिल गरेका छन। उनी नयाँ B787 डिजाइन टोलीका लागि प्रोजेक्ट ईन्जिनियर थिए। हाल उनी रोल्स-रोयस (Rolls-Royce) कम्पनीमा अमेरीकाको डिफेन्स डिपार्टमेन्ट अन्तर्गत विश्वकै सर्व क्षेष्ठ Joint Strike Fighter Jet F35B मा कार्यरत छन।

इन्डियाना समुदायमा उनी सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छन। बिगतमा उहाँले नेप्लीज एसोसिएशन अफ इंडियाना (NAI) को संस्थापक महासचिव (act), कोषाध्यक्ष र उपाध्यक्ष जस्ता पदको जीम्मवारी लीई नेपाली समाजको सेवा गर्दै आएका छन।