हाँसि-हाँसि पर्खि रहेकाेछु उ अाउने बाटो

Hollywood Khabar June 23,2018 Comments

मन उदास छ
हिजो निन्र्दालाई राम्रोसँग 
अंकमाल गर्न सकिन 
थाहा छैन अाजकाे जिन्दगीमा
कसरी उदाउछ घाम
लाग्छ उ हिजाे मेराे
खुसि लिएर भागेकाे थियो 
स्वयं अाज उ
मेराे सामु अाउने छ
पूरा गर्नेछ मेराे चाहना 
सजाउने छ मेराे हातमा चुरा
घडी न हाे यन्त्रवत घुमि नै रहन्छ 
र पनि म बन्द घडी झै 
हाँसि-हाँसि पर्खि रहेकाेछु
उ अाउने बाटो । 
    =ऋषभदेव घिमिरे,गाेदावरी