-ऋषभदेव घिमिरे

माधुर्य गीतमा घाेलि.. प्रित भर्न म अाउँछु।

Hollywood Khabar September 06,2017 Comments

लेख्दैछु शान्तिकाे गीत सबैलाई सुनाउँछु
म मेरै देशको गीत... मग्न भै कन गाउँछु ।
टिपेर गीतको भाका ....चरा झै चिर्बिराउछु
माधुर्य गीतमा घाेलि.. प्रित भर्न म अाउँछु।।

म रुँदा गीत मै रुन्छु.... गीत झै मुस्कुराउछु
झंकार गीतमा भर्दै........ सबैलाई हसाउछु ।
कविका गीतका पंक्ति ...दिलभित्र रही रहाेस्
अन्तरा गीतका मेरा सधैकाे प्रिय भै रहाेस्।।

म मस्त गाउँछु गीत ....सुन्न अाउँ तिमी पनि 
एकै स्वर गरि गीत... गाउ हामी मिलिजुली ।
मेराे नै गीत सुनेर........ तिमी बाच्नु सधैंभरि 
गीत झै रसिला मिठा.. प्रित गास्नु सधैंभरि ।।

नबनाेस् गीत दुखान्त सुशान्त गीत भै रहाेस्
गीतको लय-माधुर्य  सबैकाे मीत भै रहाेस् ।
गु‌न्जियाेस् गीतले धर्ती बनुन् फाँट हराभरा 
ब्यूझिउन गीतले मेरी प्राण जस्ति वसुन्धरा ।।
           (=ऋषभदेव घिमिरे,गाेदावरी)