=ऋषभदेव घिमिरे,गाेदावरी

सलाम मेरी प्रियसिलाई...............

Hollywood Khabar August 27,2017 Comments

लाखाै प्रेम सजाएर
मेरी प्रियसि
यतिबेला
मेराे अागमनकाे बाटाे हेर्दै हाेलिन
बाेकेर सपनाका फूलहरू
छर्दै हरियाे चउरमा
बिना पाउजुकाे झङ्कार
नाच्दै हाेलिन
मेरै मुटुकाे धड्कने तालमा
म पनि
हर्ष विभाेर भएर
अाफ्ना पैतालाहरुलाई
छिटाे भन्दा छिटाे
चाल्दै छु
असिमित प्रेमको भारि बाेकेर
छुन खाेज्दैछु
प्रियसिकाे हात
एउटा तालिम प्राप्त
लाहुरे सिपाहीले झै
सलाम ठाेकेर
मेरी प्रियसिलाई
त्याग,तपस्या र वलिदानिपुर्ण
प्रेमकाे प्रतिफलमा
सम्मानमा
ठाेकदैछु छडके सलाम 
सबैले भनी दिनु
सलाम मेरी प्रियसिलाई।