Dr Badri KC, NRNA IES and ICC General Secretary 2015-2017

NRNA अमेरिकाको एफिलेशन फिर्तागर्ने,बद्रि समुहद्धारा पुनर्गठन षड्यन्त्र

Hollywood Khabar August 08,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासिय नेपाली संघकाका महासचिव डा बद्रि के सीको पटक पटकको पत्र आतंकले आउनुको पछाडी अर्को रहश्य रहेको कुरा खुलेको छ।
गत ९ औं NRNA क्षेत्रिय सम्मेलनमा क्यानाडा पुगेर पनि आफु अमेरिका नछिर्नु भएका संघका पुर्व अध्यक्ष जिबा लामिछानेले त्यो समय देखि नै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको लागि एउटा कौडाको खोजी गर्दै गर्नुभएको थियो।
सौभाग्यले गाइलाइ हरियो घाँस भनेझैँ एनसीसी अमेरिकाका पुर्व अध्यक्ष तथा वर्तमान आइसिसि सदस्य खगेन्द्र जि सी र डा अम्बिका अधिकारीको जोडी मिलाएर ताना-बाना सुरु भएको कुरा खुल्न आएको छ। त्यो सबै सफल पार्न ANA का पुर्व बिधंसकारीहरुको दस्तासमेतको सल्लाहमा गौरी जोसी नामको सोझो तर दुनियाँसंग खेल्न नजान्ने व्यक्तिलाइ मोहोरा बनाएर NRNA अमेरिकालाइ NAC बनाउने तयारी भयो।
त्यसै अनुरुप डा अम्बिका अधिकारिको लेख र रचनालाइ अर्का षड्यन्त्रकारी डा हेमराज शर्माले ICC को वेबसाइटमा समेत पोस्ट गर्न लगाउनुभयो। अनि सुरु भयो कथाको सुरुवात। खगेन्द्र जि सीलाइ उपाध्यक्ष बनाउन उपाध्यक्ष कुमार पन्तलाइ पठाइयो र घुमाइयो पनि, आश्वाशन पनि दिइयो, उहाँ तयार पनि हुनुभयो, अनि सुरु भयो गेम।
खासगरी योजना भनेको गौरी जोसीलाइ अध्यक्ष बनाउने होइन, NAC नामको मुर्दा बिउँताउने बहानामा NRNA अमेरिका आफ्नो काबुबाट बहिर गएको, गत निर्वाचनमा अमेरिकी NRNs ले डा शेष घलेलाई सघाएको, जस्ता तुस पालेका लामिछानेले अन्तत NRNA अमेरिकालाइ सखाप पार्ने सबै खेल रच्नुभयो। खर्च गौरी जोसीको, आशाको लड्डु जिसीलाई अनि फाइदा लामिछानेलाई। तेसैको पछि लागे आनन्द बिष्ट र बेद खरेलको टुकडी अनि प्रवासी मंच सबै नै झुक्किए।
यो सबै गरिएको कारण हरेक प्रकृया गरेर अमेरिकालाइ सखाप पारेर, बिघटन गर्न, विभिन्न बहानामा एफिलेशन फिर्ता लिने अनि  आफ्नो अनुकुलको तदर्थ समिती बनाउन लगाउने, डेलिगेट्स भर्ना गरेर कुमार पन्त जिताउने। यो सबैमा बिधान मुताविक अधिकार क्षेत्रीय संयोजकको हातमा भएकोले क्षेत्रीय संयोजक सोनाम लामालाई माइनस गरेर महासचिव डा बद्रि के सीलाइ अगुवा बनाइएको हो। बारंबार हमला गरियो, पत्र आतंक मच्चाइयो। एउटा बिधान कमिटीको बबुराले निर्वाचनमा यो योलाइ उम्मेदवार बनाउनु भनेर आदेश दिने अनि तेसैको ताली बजाउने हामी अमेरिकी NRNs
यो बिषयमा भारतमा समेत, बिनोद चौधरीको निमंत्रणामा जाँदा गौरी जोसी, खगेन्द्र जी सी र जिबा लामिछाने बिच कुरा भएको थियो। सबै कुरा बिग्रंदै गए पछि, गेम फेल खाने भएकोले अन्तिम अश्त्र हान्नको लागि लामिछाने केही समय पहिला अमेरिका आउनु भएको थियो। उसो त रसियाबाट निकालाबास हुने आसंकाले जर्मन सर्नुभएका लामिछानेले अब भने अमेरिकाको ग्रिनकार्ड फाइल खगेन्द्र जि सी मार्फत नै गरेको कुराको बजार हल्ला नआएको भने होइन।
जे भएता पनि अन्तिम तयारी न्यूयोर्कमा बसेर, खगेन्द्र जि सी, बिनोद रोका, दुर्गा भुर्तेल समेतको उपस्थितिमा सबै तारतम्य मिलाएर भित्र-भित्र अर्को तानाबाना बुनेको कुरा थाहा हुन आएको छ। त्यसैको फलास्वरुप बिनोद रोकाले गौरी जोसीको प्रतिनिधि समेत भएको भन्न्ने हल्ला आएकै हो।
योजना अनुसार अब आइसीसीको बैठकमा NRNA अमेरिकाको एफिलेशन फिर्ता लिने प्रस्ताव डा बद्रि के सी मार्फत आउने कुरा बुझिएको छ। सो बिषयको सुइँको पाएपछि भने खगेन्द्र जि सी र गौरी जोसी दुवैजना किन मुद्धा हालिएछ भनेर ट्वाँ परेको कुरा पनि बाहिर घुइरो घुइरो आएको छ। त्यो भन्दा पनि ठूलो तयारि त विघठन पछिको नयाँ तदर्थ समितिमा को लैजाने भन्ने छलफल समेत चलेको कुरा आएको छ।
एकाथरीले प्रवासी मंचका पुर्व अध्यक्ष तथा वर्तमान सदस्यका उम्मेदवार संजय थापाको नाम अगाडि सारेका छन् भने अर्काथरीले बोनोद रोकाको नाम अगाडि सारेका छन्। अब हेर्नु छ के के पो हुने हो। बिनोद रोकाको कन्फ़्लिक्ट अफ इन्ट्रेस्ट हेर्दा भने यो कुरा अन्तिम अवस्थामा नै पुगेको कुरा बुझिन्छ। यदि कुरा यस्तै हो भने NRNA अमेरिकाको नेता बन्छु भनेर गएका गौरी जोसी संस्था सखाप पार्ने खेलका मोहोरा बनेको प्रमाणित हुन अब धेरै दिन कुर्नु पर्नेछैन। यदि यसो भयो भने, NRNA अमेरिका एउटा सामान्य अरु संस्था जस्तै हुनेछ, NRNA नाम र लोगो चलाउन पाइने छैन, अनि अदालती मुद्धामा जानेहरु पनि मुद्धा फिर्तालिन एक दिन त के एक घण्टा पनि कुर्ने छैनन। प्रश्न आखिर किन ?