-NRNA ICC Official LOGO

NRNA:संघका पदिय व्यक्तिले राजनैतिक, धार्मिक, जातीय सँस्थाबाट २५ फेब्रुअरी सम्म राजिनामाको प्रति पेश गर्नुपर्ने

Hollywood Khabar February 10,2020 Comments

जो- जससँग सम्बन्धित छ

गैरआवासीय नेपाली संघको निर्वाचन सम्वन्धी नियमावलीको दफा ७.६ मा संघका कार्यकारी पदमा रहेका व्यक्तिहरु कुनै राजनीतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्यमा पद ग्रहण गरेको पाइएमा निजलाई संघबाट पदमुक्त गर्न सकिने व्यवस्था भएको सर्वविधितै छ।

यसै सन्दर्भमा हालै विभिन्न पत्रपत्रिका र अन्य श्रोतबाट केही अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलका भ्रातृतृसंगठनको कार्यसमितिमा संलग्न भएको जानाकारी प्राप्त भएको छ।

अतः निजहरुले आफू संलग्न संगठनबाट राजीनामा दिएको स्वःघोषणा गरी यसको जानकारी मिति २५ फेब्रुअरी २०२० सम्म संघका महासचिवलाई दिनुहुन अनुरोध गर्दछु ।

यस मितिभित्र जवाफ नआएको खण्डमा प्रचलित विधान अनुसार निजलाई पदमुक्त गरी कारबाही अगाडी बढाउन बाध्य हुने जानकारी गराइन्छ । स्थानीय कानून अनुसार राजनीतिक दलका भ्रातृ संगठनहरु सामाजिक संस्थाको रुपमा दर्ता भई गतिविधी गर्दै आएको भए पनि संघले यी संगठनहरुलाई राजनीतिक संस्थाकै रुपमा पहिचान गर्ने जानकारी गराइन्छ। निर्वाचन सम्बन्धि नियमावलीको दफा ७.६ कार्यकारी (कार्यसमितिका) पदाधिकारी र सदस्यको हकमा मात्र लागू हुनेछ।

डा. हेम राज शर्मा

महासचिव, गैरआवासीय नेपाली संघ

११ फेब्रुअरी २०२०