=ऋषभदेव घिमिरे,गाेदावरी

प्रकृति,प्रेम र तिमी 

Hollywood Khabar September 18,2017 Comments

झुलेका धानका बाला सरि नित्य झुलिरहुँ
मख्मलि फूल झै हासि तिम्रै छेउ फुलिरहुँ।
बगे झै कल्कलि खाेलि तिम्रै छेउ बगु कि म
एकान्त ठाउँमा मिठाे बात मार्न लगु कि म ।।

तिमी हाै शारदी शाेभा तिमी इन्द्र धनुष हाै
शिल शालीनले पूर्ण तिमी नै सर्व व्याप्तछ्याै
जुनकाे दिप्ति झै अाभा सधैं तिम्रो रही रहाेस्
मेरै हृदयकाे माझ तिम्राे बाँस भइ रहाेस्  ।।

प्रकृति प्राण हाै मेरी तिमी मै म रमाउछु
तिम्रा ती साैम्य साैन्दर्य हेरि खालि रामाउछु।
पिलाउ प्रेमकाे धारा प्यून पाउ सधैंभरि 
राख्छु माया प्रकृतिकाे सजाएर  मुटु भरि ।।

हावाले बाेकि सुगन्ध तिम्रै ल्याए पनि हुने
फूलले गीतका भाका तिम्रै गाए बनी हुने ।
अाकास धर्तीकाे गाथा कहाँ सक्छुर लेखन
म देखु सपना नित्य बनाेस् प्राकृत जीवन।।