Diksha Basnet

जहाँतही बलात्कार, छोरीले बाँच्ने कहाँ, फासीको सजाय कम हुन्छ सरकार बस !

Hollywood Khabar August 11,2018 Comments

दिक्षा बस्नेत खप्तडी/क्यालिफोर्निया
बलात्कारीलाई सकेसम्म फाँसी, नत्र आजिबन जेल सजायं हुनैपर्छ, भन्ने माग मेरो यस अर्थमा छ !

मानव अधिकार बिश्वब्यापी घोषणापत्रको धारा- ५ र ७ मा कुनैपनि व्यक्तिलाई शारीरिक यातना दिइने छैन, अमानविय या अपमानजनक ब्यबहार र सजाय गरिने छैन, सबै व्यक्तिहरु बराबरी कानुनको हकदार हुन्छन कुनैमाथी भेदभाब गरिने छैन।

तर आज आज मेरो देशमा ५ बर्षे बालिका देखि लिएर ७० बर्ष सम्मका बृद् महिलाहरु माथी बलात्कारका घटना जसरी घटेका छन् , अनि धिकार्न मन लाग्छ मानबको भेष धारण गरेर बाचिरहेका दानबहरुलाई। कलिला छोरीहरुलाई लुछिलुछी मार्नेलाई बाच्ने अधिकार दिने मेरो देशको कानुनलाई म कुन शब्दले बयान गरौ, किन चुप छन मानब अधिकारबादी किन चुप छ राज्य ?

जब हामी यस्ता घटनाहरु सुन्छौ, ४ बर्षिया बालिकालाई आफ्नै मामाले बलात्कार गरेर

फालिदिएको, ९ बर्षिया छोरीलाई आफ्नै बाबुले बन्धक बानाएर बलात्कार गर्दै राख्दै मरेतुल्य बनाएको, हालैमात्र कन्चनपुरकी १३ बर्षिया निर्मला पन्तको सामुहिक बलात्कार पछि घांटी न्याकेर हत्या गरेको घटना सेलाउन नपाउंदै, हालैमात्र काभ्रेमा ९ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको समाचार छ।

केहि अघिमात्र इलाममा ७१ बर्षिया ब्रिदाको सामुहिक बलात्कार पछि जिब्रो काटिएको, भोजपुरमाएक ६२ बर्षिया आमा छोराबाट बलात्कृत भएको र यति नभएर पनि बलात्कारी खुल्लेलाम हिड्ने र बलात्कृत डराएर हिड्नुपर्ने अबस्थाले किन फाँसी दिन सकिदैन बलात्कारीलाई ? जब यस्ता घटनाले रगत तात्छ, म त भन्छु फाँसीको सजाय पनि कम हुन्छ सरकार !

हरेक हप्ता या महिना जसो यस्ता घटना घट्नुले के यी बलात्कारीलाई कुनै कानुन नै छैन त?

कि यी जधन्य यस्ता अपराधीलाई सजायं कम भएको हो ? व्यक्ति जब जंगलमा असुरक्षित महसुश गरेर घर र समाजमा बस्छ, तर घरबाटै आक्रमण हुन थाले पछि मान्छे भाग्ने ठाउँ कता हो, सरकार!?