रेण्टल स्क्यामबाट नेपालीहरु सहित धेरै ठगिए-होसियार!

Hollywood Khabar July 19,2018 Comments

कृष्ण के सी/अमेरिका
अमेरिकामा मात्र होइन विश्वमा अनेकौं थरिका स्क्याम ठगहरुले ठग्ने गरेका छन्। कहिले आइआरएस त कहिले इमिग्रेशन या लसुट लगाएतका थुप्रै स्क्यामबाट ठगिएका छन् धेरैजना। ApartmentList.com का अनुसार वार्षिक रुपमा ५.२ मिलियन रेण्टल स्क्यामबाट ठगिने गरेका छन्। अनि हाल आएर रेण्टल स्क्यामबाट ठगी झन बढेको छ।

प्रत्येक बर्ष हजारौं अमेरिकीहरु रेण्टल स्क्यामको भिक्टिम भएका छन् र यो क्रम बढेको छ। जब मानिसहरु अपार्टमेन्ट, घर आदी भाडामा लिने खोजि गर्छन थुप्रै खालका लिस्टिङहरु देख्न सकिन्छ। वास्तविक रेण्टल एडलाइ ह्याक गरेर नक्कली एड बनाएको घटना पनि धेरै पाइएको बताउछन रिसर्चरहरु। विशेष गरेर अर्को या टाढाको सिटीमा सर्नु पर्दा फिजिकल्ली हेर्न नमिल्ने र असुविधा हुन्छ। त्यो अवस्थामा धेरे ठगिएका छन्।

लिस्ट हेर्दै अपार्टमेन्ट पाउन अनलाइनमा फर्म भरेर Social Security नम्बर लगायत सबै जानकारी दिने गरिन्छ। त्यसपछि ब्यकग्राउण्ड चेक गर्ने फि समेत तिर्छन। अनि लगत्यै बधाई छ, अब यति रकम रेक्यूरिटी डिपोजिट र पहिलो महिनाको भाडाको रकम जम्मा गर्न भनिन्छ। धेरै जसो त मनि अर्डर मागिन्छ। त्यसपछि रकम जम्मा भएर व्यक्ति गायब हुन्छ। यसरी एग्री भएर तिरेको चेक नै भएर पनि ब्याङकहरुले रकम फिर्ता गर्न मान्दैनन। अनि तपाइँ ठगिनुहुन्छ।

केहि महिना अगाडी मात्र एकजना नेपाली सान फ्रान्सिक्सो बे एरियामा यस्तै ठगीमा परे। धरौटी र पहिलो दुइ महिनाको भाडा तिरेर ८/९ हजार डलर गुमाएर। भदा त चेकबाट तिरेको हो तर ब्यांकले रकम फिर्ता गरेन उनले भने।

होसियार तपाई पनि अर्को भिक्टिम नहोस। फिजिकल्ली हेरेर र अन्य थुप्रै उपाय लगाएर मात्र सम्झौता र पेमेन्ट गर्नुहोस। त्यसबाट तपाइको हार्ड अर्न डलर मात्र होइन व्यक्तिगत सुचना पनि जान्छ। क्रेडिट कार्ड फ्रड लगायत थुप्रै कुराको खतरा बढ्छ।