-तस्बिर वेब

रेलले किच्दा ६५ जना भन्दा बढीको मृत्यु

Hollywood Khabar October 18,2018 Comments

३ कात्तिक काठमाडौं।भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा दुई वटा रेलले किच्दा ६५ जना भन्दा बढीको मृत्यु भएको र सयौंको संख्यामा घाईते भएको भारतीय संचार माध्यमले जनाएका छन्।शुक्रबार साँझ साढे ६ बजेतिर भएको यो घटनाका प्रत्यक्षदर्शीले रेलको लिक नजिकै भेला भएका मानिसहरूले भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका हुन्।अमृतसर शहरको दशहराको पर्वमा रावणको पुत्ला जलाउन भेला भइरहेकाहरुमा मानिसहरुको भीडमा दुईवटा रेल कुदेका थिए।उठिरहेकाहरु किच्दै रेल गुडेको थियो।

स्थानीय पत्रकार रविंदर सिंह राबिनका अनुसार करिब सात हजार जना त्यो रावण दहन हेर्न भेला भएका थिए।जबकि त्यो ठाउँ दुई हजारभन्दा बढी मान्छे अटाउन नमिल्ने ठाउँ थियो।रेल आउँदा लिकमै धेरै मान्छे बसेका थिए।कोही कोही रावण दहनको भिडियो मोबाइलबाट खिच्दै थिए।रावणको पुत्लामा आगो लगाउँदा मञ्चबाट मानिसहरुलाई पछाडि हट्न भनिएको थियो।त्यही कारण पनि धेरै मानिस पछाडि हटेर लिकमा पुगेका थिए।

प्रत्यक्षदर्शी अमरनाथ भन्छ्न, ‘रावणमा आगो लगाउँदा पटाखा पड्किरहेका थिए।यसैबीच एकदमसँग ट्रेन आइपुग्यो। कसैले ट्रेन आएको आवाज सुनेनन्।मैले दुई केटाहरुको हात तानेर उनीहरुलाई बचाएँ। मैले देखेँ २५-३० जनाको लाश बिछ्याइएको थियो।मैले ती लाशहरुलाई उठाएर अर्को ठाउँमा पुर्याैएँ। मेरो हात रगतले रंगियो। भर्खरै मैले धोएर आएँ। यसमा कति मैले चिनेका मानिसहरु थिए।’-एजेन्सी