-NRNA अमेरिका चुनाब:रामहरि खडका बोर्ड सदस्यका उम्मेदवार

NRNA अमेरिका चुनाब: संचार र अधिकारकर्मी रामहरि खडका बोर्ड सदस्यका लागि अग्रपंक्तिमा

Hollywood Khabar May 08,2019 Comments

कृष्ण के सी/अमेरिका/५/९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा रामहरि खडका बोर्ड सदस्यका उम्मेदवार अन्य प्रतिस्पर्धी मध्ये अग्रपंक्तिमा रहेका छन्।

रामेछाप सुनापति गाउँमा जन्मेका खडका नेपालमा रहदा HBC रेडियोकर्मी समेत थिए। Amenesty International लगायत थुप्रै सामाजिक क्षेत्रमा काम गरेको बताउने खडकाले ओमन, बह्ररानमा रहँदा नेपाली समाजको संयोजक भएर समेत काम गरेका थिए।

२०१४ मा अमेरिका पुगेका खडका मेरिल्याण्डमा बस्दै आएका छन्। उनले २०१५ देखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्य भएको कुरा हलिउडखबरलाइ बताए। हाल आफू Global TV Nepal र Nepal America Film Festival लगायत संस्थामा काम गरिरहेको कुरा समेत खड्काले बताए।

विगत देखि नै सामाजिक क्षेत्रमा काम गरेको हुनाले यो पटक आफू एनआरएनए एनसीसी अमेरिकामा बोर्ड सदस्यका लागि इच्छित भएको उनले बताए। समग्र प्रवासी नेपालीको बृहत्तर हितको लागि केहि सेवा दिनका लागि आफू आकाँक्षी रहेको कुरा खडका बताउँछन्।

निर्वाचनको प्रचार चरम सिमामा पुग्दै गर्दा उम्मेदवारहरुबीच चर्को प्रतिस्पर्धा समेत भएको छ। तिनै प्रतिस्पर्धाबीचमा खडका भने अग्रपंक्तिमा रहका छन्। उनलाई संचारकर्मी र मिडियाहरुले समेत सपोर्ट गरेका छन्।