-अमेरिकामा बढेको प्रदर्शन र राष्ट्रपतिद्वारा एण्टीफा आरोप, के हो एण्टीफा?

अमेरिकामा बढेको प्रदर्शन र राष्ट्रपतिद्वारा एण्टीफा आरोप, के हो एण्टीफा ?

Hollywood Khabar June 01,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२/२०

प्रसङ्ग

अमेरिकामा हालै भएको जर्ज फ्लोयडको मृत्यूलाइ लिएर भएको प्रदर्शनलाइ राष्ट्रपति डनल्ड ट्रम्पले एण्टीफाको संज्ञा दिएका छन्। केहि प्रमुख संचार माध्येमहरुको कभरेज हेर्दा त्यसको प्रमाण पनि देखिएको उनीहरुको दावी छ।

के हो त एण्टीफा ?

एण्टीफा-Antifa (Antifascist-प्रतिफासीवादी) अर्थात स्वतन्त्र ग्रुप भन्ने तर आन्तरिक रुपमा कुनै न कुनै उग्र दक्षिणपन्थी अधिनायकवादी (extreme right-wing ideology) बिरुद्ध भनेर उनीहरुको वास्तविक या नामको हाउगुजी बनाएर समाजमा घुशेर राजनैतिक नारा या कुनै पनि पिक्की नाराका नाममा लडाकु, कार्यकर्ता, असन्तुष्ट समूहहरु, पिछडिएका वर्ग, गरिव इत्यादिको प्रयोग गरेर समाजमा उत्पात मच्चाउने प्रतिफासीवादीलाइ छोटकरिमा एण्टीफा भनिन्छ। उनीहरु आफूले गरेको गतिविधिलाइ दक्षिणपन्थी अधिनायकवाद बिरुद्धको लडाइ भन्दछन।

एण्टीफाको ऐतिहासिक रुप

एण्टीफाको इतिहास हेर्दा एउटा अचम्मकै कथा जस्तो लाग्छ। हुन त नेपालमा पनि माओवादी आतंककारीहरुले सोहि प्रकृतिको आतंक मच्चाएका नै हुन्। माओवादीको आतंक र एण्टीफाका गतिबिधि एकदम मिल्दोजुल्दो छ। सायद पूर्वआतंकवादी प्रचण्डले पनि यसैलाई अध्ययन गरेर आतंकको योजना बनाएका होलान। अथवा भारतले प्रचण्डलाई सोहि रुपमा प्रशिक्षित गरेको होला। अथवा भारतले प्रचण्डको नाममा निर्देशन दिएको होला। एण्टीफामा मानव र समाजप्रति कुनै संवेदना र जवाफदेहिता हुँदैन। एक किसिमले भन्ने हो भने उनीहरु जे-जस्तो सुकै कारणले होस् समाजमा उत्पात मच्चाउनु नै बिजय हो भन्ठान्दछन।

अमेरिकामा पनि एण्टीफाले अतिबादी स्वेतवर्ग भनेर सार्लोटीभिल लगायत केहि ठाउँमा २०१७ अगष्टमा र्याली गरेका थिए भन्ने गुगल गर्दा पाइन्छ। एण्टीफाले आफूले जे कुरा उठायो त्यहि सहि हो भन्दछन। एक किसिमले हेर्दा समाजलाइ झुक्क्याउने बिषय उठाउँछन्। कतिपय त सहि पनि हुन्छन तर कालान्तरमा त्यो हिंसात्मक बन्न जान्छ।

एण्टीफाले जहिले पनि आफूहरु सँस्था होइन स्वतन्त्र हो भन्छन। तर भूमिगत रुपमा संगठित रुप लिएका हुन्छन। देखाउन र बितण्डा मच्चाउन उनीहरुले छरपष्ट व्यक्तिहरुलाइ एकिकृत गर्छन। उनीहरुको न्याय या कुनै इस्स्यू उठाउँछन। त्यसैले गर्दा व्यक्तिहरु बिषयप्रति आकर्षित हुन्छन। प्रदर्शन हुन्छ र त्यसको बिचमा घुसेर एण्टीफाहरुले बितण्डा मच्चाउँछन, हिंसात्मक हुन्छ।

१९२० देखि १९३० सम्म जर्मनीमा एण्टीफाहरुले आन्दोलन गरे तर सफल भएनन्। विश्वका सबैजसो एण्टीफाहरु चाहिं अराजकवादी नै हुन्छन। उनीहरु समाज, कानुन, राज्य केहि पनि मान्दैनन। १९६० तिर युरोपबाट सुरु भएको एण्टीफाहरुले चाहिं कहिले काहीं झण्डा पनि प्रयोग गर्छन। उनीहरुको झण्डा डब्बल हुन्छ। झन्डामा रातो र कालो रङ प्रयोग भएको हुन्छ। ६० को दशकमा यूरोपबाट सुरु भएको एण्टीफा ७० को दशकमा अमेरिका छिरेको हो भन्ने पाइन्छ।

अमेरिकामा हुने सबै प्रदर्शनहरु नै शान्त हुन्छन। अहिले भएको फ्लोयडको न्यायको लागि भप्रदर्शन पनि शान्त नै थियो। एण्टीफाको घुष पैठ हुन्छ त्यो प्रदर्शन हिंसात्मक हुन्छ भनिन्छ। अनि यहाँ पनि त्यस्तै भयो, फोक्स न्यूजले समाचारमा उल्लेख गरेको छ। एण्टीफाले अमेरिकामा स्वेत अतिबादी, दक्षिपन्थी अतिबादी र वामपन्थी अनि नाजीलाइ प्रयोग गरको कुरा दावी गरेको पाइन्छ।

राष्ट्रपति ट्रम्पले दावी गरेको जस्तो एण्टीफा यो हो या होइन त्यो त समयले देखाउला। तर अमेरिकाका सयौ शहरहरुमा प्रदर्शन भएका छन्। The New York Times ले पोर्टल्याण्डमा एण्टिफासँग मिल्दो खाले कम्यूनिष्टहरुले चलाउने जस्तो झण्डा गत वर्षको प्रदर्शनमा देखिएको फोटो सार्वजनिक गरको छ। तोडफोड, आगजनी, लुट भएका छन् त्यो भने सत्य हो। धेरै शहरमा कर्फ्यू लगाइएको छ। प्रहरी र सुरक्षा बढाइएको छ। नेशनल गार्ड परिचालन गरिएको छ। मंगलबार भएका प्रदर्शनहरु भने धेरैजसो शान्त रहेका छन्।