Hollywoodkhabar advertisement

एनआरएनए अमेरिका:आरसीसी संजीव श्रेष्ठ आइसीसी सदस्य पदमा उम्मेदवार

-एनआरएनए अमेरिका:आरसीसी संजीव श्रेष्ठ आइसीसी सदस्य पदमा उम्मेदवार
0
shares

हलिउडखबर, मे १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा वर्तमान पूर्व क्षेत्रका क्षेत्रीय कमिटी संयोजक संजिव कुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य पदमा उम्मेदवार भएका छन्।

पुर्खौली घर दोलखा भएका श्रेष्ठको जन्म सिराहमा भएता पनि बढ्ने-हुर्कने समय चाहिं जनकपुरमा भएको थियो। जुडो खेलका श्रेष्ठ जुडोको अन्तराष्ट्रिय खेलाडी हुन्। उसो त सामाजिक गतिबिधिमा समेत संलग्न हुन्छन। श्रेष्ठले अहिले सम्म ४६ पटक ब्लड डोनेट गरेको बाएका छन्।

१९९५ मा अमेरिका आएका श्रेष्ठ न्यूजर्सी बस्दै आएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाको गतिबिधिमा सक्रिय भएका श्रेष्ठले पछिल्लो समय भएन एनआरएनए एनसीसी अमेरिकातिर ध्यान दिए। संघको २०१३-२०१५ कार्यकालमा सहकोषाध्यक्षमा निर्वाचित भएर एक कार्यकाल काम गरेका थिए।

२०१५ देखि २०१९ सम्म एनआरएनए आइसिसीको खेलकुद समितीमा अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजक भएर काम गरेका थिए। २०१९-२०२१ कार्यकालमा भने श्रेष्ठ एनआरएनए एनसीसी अमेरिकाको पूर्व क्षेत्रको क्षेत्रीय कमिटी संयोजक (RCC) भएर काम गर्दै आएका छन्।

श्रेष्ठ २०१५ को एनआरएनएको विश्वो सम्मेलन तथा महाधिवेशनमा अमेरिकाको प्रतिनिधि भएर काठ्माण्डौ गएका थिए।यो पटक संजीव कुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य पदमा उम्मेदवार भएका छन्।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

5 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----