-नेपाल र रावल ६ महिना निलम्बित, केन्द्रिय कमिटी नभएको अध्यक्षले त्यसो गर्न मिल्दैन, नेपाल

नेपाल र रावल ६ महिना निलम्बित, केन्द्रिय कमिटी नभएको अध्यक्षले त्यसो गर्न मिल्दैन, नेपाल

Hollywood Khabar March 28,2021 Comments

नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका बेरोकटोक शक्ति लिएका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल अनि उपाध्यक्ष भिम रावललाई ६ महिनाको लागि सदस्यबाट निलम्बन गरेका छन्।

यसपूर्व पार्टीको निर्णय भन्दै सरकारी निवासबाट नेपाल र रावललाई तीन दिने समयसीमाको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेको पार्टी पंक्तिले जनाएको छ। यसका साथै नेता दुबैलाई पार्टीका सबै जिम्मेवारीहरू पनि ६ महिनाका लागि निलम्बन गरिएको जनाइएको छ।

सो कारबाही प्रति कान्तिपुरसँगको कुराकानीमा नेता नेपालले त्यसको कुनै केही अर्थ नरहेको बताएका छन्। केपी ओली नेकपा एमालेको केन्द्रीय कमिटी अध्यक्ष नै हैन। उनले केन्द्रीय कमिटी पनि भंग गरिसके। त्यहि भएर उनले कारबाही गर्न मिल्दैन। उहाँले विधान विपरितको कदम चालेको हुँदा अवैधानिक अध्यक्ष हो, नेपालले भनेका छन्।