तस्बिर:साभार वेब

राति १० बजेपछि देउसीभैलो खेल्न नपाईने

Hollywood Khabar October 18,2019 Comments

३ कात्तिक लमजुङ।जिल्ला प्रशासन कार्यालय लमजुङले तिहारको समयमा राति १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । दीपावलीको सन्दर्भमा सूचना जारी गरी सुरक्षालाई प्रतिकूल असर पर्ने कुनै पनि काम नगर्न प्रशासनले आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले तिहार र छठ पर्वलाई व्यवस्थित, सुरक्षित र सभ्य बनाउन राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने बताए  । तिहारको समयमा पटका,अतिसबाजी, भुईचम्पा लगायतका विष्फोटक पदार्थहरु अवैध रुपमा जिल्लामा भित्रिन नदिने उद्देश्यका साथ सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ भट्टराईले बताए । 

उनका अनुसार तिहारको समयमा रक्सी बिक्री–वितरण पूर्ण रूपमै बन्द गरिनेछ भने दिउँसो सडक अवरुद्ध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । जिल्लाको शान्ति सुरक्षामा प्रतिकुल असर पर्नेगरी अवाञ्छित गतिविधि गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । प्रजिअ भट्टराईका अनुसार पटका, आतिसबाजी, भुइँचम्पाजस्ता विस्फोटक पदार्थ बिक्री–वितरण तथा भण्डारणमा समेत रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले तिहारका बेला हुनसक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा जाँचमा गर्ने जनाएको छ । 

बाहिरी जिल्लाबाट प्रज्वनलशील पदार्थ भित्रिन सक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमूख एवं प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए ।