-राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना 

Hollywood Khabar January 23,2020 Comments

११ माघ,काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा  शुभकामना सन्देश ब्यक्त गरेकी छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले   शुभकामना सन्देश मार्फत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गर्दै  चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरेकी छन्।शुभकामना सन्देशमा “यो पर्वलाई तामाङलगायत ह्याल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएका छन्, यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।” भनिएको छ।