तस्बिर साभार वेब

राष्ट्र बैंकले दुई चिनी मिलको खाता रोक्का गर्यो

Hollywood Khabar January 21,2020 Comments

८माघ काठमाडौं।सरकारले तोकेको समयमा उखु किसानलाई बक्यौता रकम न दिने दुई चिनी मिलको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो।

मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलको सम्पूर्ण आर्थिक कारोबार रोकका गर्न पत्राचार गरिएको हो।यस्तै दुवै उद्योगमाथि राजस्व सम्बन्धी अनुसन्धान गर्न राजस्व विभागलाई समेत पत्राचार गरिएको छ।