Hollywoodkhabar advertisement

राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान

-राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान
0
shares

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमतको विश्वास प्राप्त गर्न नसकेपछि स्वतह प्रधानमन्त्रीबाट काम चलाउ भएका छन्।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेको कुरा विज्ञप्ति आएको छ। तर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद् सदस्यलाई ३ दिनभित्र दाबी पेस गर्न समय सीमाको निर्देशन समेत भएको छ। यसरी आएका प्रतिनिधि सभाका सदस्यले वैशाख ३० बिहीबारका साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने विज्ञप्तिमा जनाइएको छ।

पछिल्लो समीकरण अनुसार नेपाली कांग्रेसका सभापति तथा संसदीय दल नेता शेर बहादुर देउबाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा प्रधानमन्त्री दाबी गर्न सक्ने आंकलन गरिएको छ। तर जनता समाजवादी पार्टीले देउबालाइ समर्थन गर्ने अवस्थामा संका गरिएको छ। उनीहरु सत्तामा पुग्न बुर्जा प्याडमा दाउ हेर्दैछन्। यसरी आएका प्रधानमन्त्रीले पनि संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ। प्रधानमन्त्री नियुक्त हुन २७१ मध्ये १३६ सांसदको समर्थन आवश्यकपर्छ।

ADVERTISEMENT-----