पृथ्वीनारायण शाह,महेन्द्र र बीपीको नीतिमा हिड्ने राप्रपाको संकल्प   

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

65 views
-राप्रपाको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक

८ असार, काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले बीपीकोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने  निर्णय गरेको छ।शनिबार बसेको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले पृथ्वी नारायण शाहको उपदेश, महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई अंगिकार गर्ने संकल्प गरेको हो।राप्रपाले आगामी दिनमा कांग्रेस र कम्युनिस्टको विकल्पमा देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बन्ने संकल्प गर्दै संगठन निर्माण, समान विचार भएकासंग एकता र जनसंघर्ष राप्रपाको कार्यनीति हुने बताएको छ।

कमल थापाको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकका पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रदेश कार्य समितिका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र ७७ जिल्लाका जिल्ला अध्यक्ष सहभागी थिए।राप्रपाको केन्द्रीय महाधिवेशन आगामी २०७७ जेठ महिनामा गर्ने समेत बैठकले निर्णय गरेको छ। उक्त बैठकले संसदमा पेश भएको गुठी विधेयक फिर्ता लिएको घटनालाई समेत सतर्कतापूर्वक स्वागत गरेको छ।

‘धर्म, संस्कृति, परम्परा र जात्रा संस्कारको पक्षमा उपत्यकाका आम जनसमुदाय र विभिन्न राजनीतिक दल समेतले पार्टी भन्दामाथि उठेर प्रदर्शन गरेको ऐक्यवद्धता प्रति राप्रपा प्रसन्नतासहित धन्यवाद प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘विवादास्पद गुठी विधेयक सरकारले लिने फिर्ता मात्रै होइन पूर्णरूपमा खारेज गरि धर्म, संस्कृति र परम्परामाथि कुनै आघात पुग्ने कार्य नगर्न र सरोकारवाला पक्षसँग घनिभूत छलफल र संवाद गर्न राप्रपा सरकारसँग माग गर्दछ।’