NRNA: प्रबक्ता रन्जु वाग्ले थापा उपाध्यक्ष (महिला तर्फ) उम्मेदवार

Hollywood Khabar September 29,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अधिवेशन आगामी अक्टोवर १४-१७, २०१७ मा काठमाण्डौमा हुँदैछ। सो अधिवेशनले आगामी २०१७-२०१९ कार्यकालको लागि नयाँ नेतृत्व समेत छान्नेछ।
आगामी कार्यकाल २०१७-२०१९ का लागि अष्ट्रेलिया बस्दै आउनु भएकी वाग्ले थापाले उपाध्यक्ष (महिला तर्फ) आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
एनसीसी अष्ट्रेलियाको २००५-२००७ को संस्थापक उपाध्यक्षबाट एनआरएनए अभियानमा आउनु भएकी थापाले २००७-२००९ देखि २०११ सम्म दुइ कार्यकाल संघको अन्तराष्ट्रिय महिला उपसंयोजकको रुपमा काम गर्नुभयो। २०११-२०१३ मा भने महिला संयोजक र २०१३-२०१५ कार्यकालको सचिव हुनुहुन्थ्यो। थापा हाल संघको प्रवक्ता हुनुहुन्छ।