२५असार,पाल्पा।पाल्पाको ऐतिहासिक एवं पुरातात्विक महत्त्वको रानीमहल दरबारको जग्गा भू माफियाले अतिक्रमण गरेका छन्।भू माफिया संगै मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको ३० रोपनी जग्गा जग्गा व्यक्तिको नाममा कायम गरिएको हो।नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको नक्सामा कित्ताकाट पाइएको राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकृत डालनाथ अर्यालले जानकारी दिए।
०६२ माघ १८ मा पाल्पा दरबारमा भएको आगलागीबाट मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएपछि मालपोत, नापीसहित तत्कालीन गाविस समेतको मिलेमतोमा रानीमहलको जग्गानै गायब गरिएको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ। खानी गाउँ विकास समितिको कार्यालयको २०६३ असार ४ को सिफारिसमा रानीमहलको कित्ता नम्बर ६६० को ५ रोपनी ३ दाम जग्गा खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठको नाममा दर्ता कायम छ। कित्ता नम्बर ६६१ को ८ रोपनी ९ आना १ पैसा १ दाम च्रकपाणि पाण्डे, थमबहादुर थापा, दुर्गाबहादुर थापाको नाममा दर्ता भएपनि यो जग्गाको हकमा हालसम्म श्रेस्ता कायम गर्न सम्बन्धित पक्ष आएको देखिँदैन।
कित्ता नम्बर ४६७ को १२ रोपनी ९ आना २ दाम जग्गा भने बोधगुम्बा रानी घाट गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम दर्ता गरिएको छ। महलको दक्षिणमा रहेको कित्ता नम्बर ४६४ को ३० रोपनी १० आना ३ पैसा जंगल र कित्ता नम्बर ४६६ को १७ रोपनी १३ आना १ पैसा फूलबारी भनी दुवै कित्ता जग्गा सरकारी÷सार्वजनिक रहेको प्रतिवेदनमा उल्लेख छ। जंगल र फूलबारी बगैंचाको जग्गामा भूमाफियाले आँखा लगाएका छन्। महलको पश्चिमतर्फ कालीगण्डकी नदी छ।रानीमहलको जग्गा अतिक्रमणका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय भएको सतर्कता केन्द्रका सूचना अधिकृत अर्यालले जानकारी दिए।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु