Dikshya Basnet Khaptadi

रंगीएको होली, उजाडिएको चोली

Hollywood Khabar March 17,2019 Comments

दिक्षा बस्नेत-खप्तडी
 

आज हावामा रंग देख्छु
क्षितिज रंगीन देख्छु
रंग नै रंगहरुको यो, बर्षाबीच
सम्झना आउँछ फेरी
मुलुकको दशबर्षे जनयुद्दमा
पुछिएका ती सिन्दुरहरु
अनि,काख उजाडिएका ती आमाहरु !!

 

सोच्दै प्रश्न गर्छु
इन्द्रेणी हराएका जीबनलाई
फेरीपनि ती रंग भरिएका
पिचकारीहरुले किन जिस्क्याउछन् ?
तनभरीका रंगले किन भिजाइदिन्छन ??
छिनभरमै सकिएका थिए,ती सपनाहरु
किन आउछन फेरी ?
याद बनि सालै पिच्छे
भोकाएका तनलाई निथ्रुक्क भिजाउन !!
 

अनि
ती लुकेका ती रंग झिक्न
भो अब नआउ है
उनि असमर्थ छिन
किनकि,पुर्बिया समाजले थुक्नेछ उनलाई
दन्दमा मारिएका प्याराको
आत्माले सराप्नेछ उनलाई
धेरै मंत्री, प्रधानमंत्री, राष्ट्रपति
फेरिरहने बहुमुखी मुलुकमा
चिनारी नै कहाँ छ र उनको !!
 

बिहानीको उषा देखि लिएर
गोंधुलिसम्म रंगिन्छन रे होलीमा
तर खै, किन रंगीएनन ?
ती हजारौ बलात्कृत चेलीहरु ??
जो रंगिनु अघि, उजाडिएका थिए
मृत्यु बरण गरेकी ती निर्मला
कति गिज्याउदै होलिन
लाचारी सरकार देखेर
तरपनि बत्तीमा पुतली घुमे झैँ
सरकारमा बस्न तछाड र मछाड गर्छन !!
 

यथार्थमा
एकल महिलाहरुका आवाजसंगै
बाँचेर पनि रंगउड़ेका ती बदन
आफै भित्र रंगीएर बीलाउछन
नशा र धमनिका रोग बन्छन
फुङ्ग भएर रंग उढेको त्यो जिन्दगी
सरदऋतुका ती चिसा सडक जस्तै
बसन्तको पर्खाइमा कयौंसाल नफक्रिएका
ती पोथ्रे ऐझेरु झैँ
तर कसैले सोध्दैन
ता कि ! उनको सिउदो पुन भरियोस
अन्त्यमा, हिड्दैछिन, हिड्दैछिन
थोत्रो बस झैँ ......
अदृश्य दिशातिर .........
रंगहिन चोलीको साथमा
बिदुवाको भेषमा !!!!!