NRNA: राणा इन दवाडी आउट अध्यक्ष भट्ट र महासचिव के सीबाट नमन सुरु

Hollywood Khabar January 27,2018 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघका अध्यक्ष भबन भट्ट र महासचिव डा बद्रि के सीले आफ्नो व्यक्तिगत प्रतिसोधकै कारण संघको प्रमुख कार्यकारीको रोजगारीबाट राजेश शंशेर राणालाइ हटाउनुभएको थियो। उहाको ठाउँमा संघको निर्णय र सहमति बिना नै सो पदमा बयोबृद्ध डा हेमन्त कुमार दवाडीलाइ नियुक्ति दिनुभएको थियो। अब भने राणाको पुनर्बहाली हुने भएको छ। गत १९ जनवरी २०१८ मा हलिउडखबरले महासचिव बद्रि के सी मखंचेमा, राजेश राणा सर्वोच्चमा भन्ने कुराको खुलासा गरेको थियो।तत्काल सो कुरालाई अध्यक्ष भट्ट र महासचिव के सी दुबैले अविकार गर्नुभएको थियो। यति मात्र होइन गत २२ जनवरीमा अध्यक्ष भट्टले बेलायतमा सो बिषयमा असहमति नै जाहेर गरेर कुरा सबैसामु जगजाहेर नै छ।
जति लुकाए पनि सत्य कुरा बाहिर आएर नै छाड्छ। राणा आफ्नो न्यायका लागि सर्वोच्चमा गएको कुरा आधिकारिक रुपमा नै बाहिर आएको छ। यति मात्र होइन स्टेअर्डर समेत मुद्धामा परेको गैरआवासीय नेपाली संघ, संघका अध्यक्ष भबन भट्ट अनि महासचिव डा बद्रि के सी समेत अब समस्यामा पर्नुभएको छ।
संसार भरि रहेका नेपाली मजदुरप्रति आवाज उठाउने गैरआवासीय नेपाली संघले आफ्नै मजदुर/कर्मचारीप्रति अन्याय गर्नथाले पछि अरुलाई अर्ती र कुरा उठाउने हैसियत माथि सन्दर्भले गिज्याएको छ। नेतृत्वको गलत कदमका कारण संसारभरिका गैरआवासीय नेपालीहरुलाई लज्जित बनाएको छ।
पहिलो कुरा त संघको भित्र र बाहिर सर्वत्रबाट बिरोध हुँदाहुँदै पनि प्रमुख कार्यकारी पदका लागि संघको निर्णय बिना अध्यक्ष र महासचिवले निजी स्वार्थका लागि नियुक्ति दिइएका बयोबृद्ध डा हेमन्त कुमार दवाडी अब आउट हुने प्रवल संभावना भएको छ। बिधि, बिधान र कानुन समेतलाइ तिलाञ्जली दिंदै गरिएको उक्त कदमले मैमत्ता भएको नेतृत्वलाइ राम्रो सवक सिकाएको छ।
उसो त आफ्नो कानुनी रुपमा नै आउट हुने अवस्था देखेपछि डा दवाडी आफैं हच्केको कुरा महासचिव डा के सी निकटहरुले बताएका छन्। महासचिव डा के सी पनि आफू तल परेपछि ३६० डिग्रीमा तल झरेर कुरा मिलाइदिन हार-गुहार र नमन गर्नलागेको कुरा खुलासा भएको छ। संघको आगामी आइसीसी बैठक सम्मपुग्दा दवाडी आउट र राणा इन हुने पक्का-पक्कि भएको छ।