https://www.youtube.com/embed/Fvj2V2CwkVk

रामकृष्ण ढकालको ‘कसैलाई आाशु’-भिडियो सार्वजनिक

Hollywood Khabar April 09,2017 Comments

चर्चित एवं लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘कसैलाई आाशु’ गीतको भिडियो सार्वजनिक भएको छ। चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको यस गीतमा भगीरथ दाहालको शब्द रहेको छ भने एरेञ्ज रुपम सिंह गुरुङको छ।

सरु सुवाल, अर्पित खड्का र राजेन्द्र मगरको अभिनय रहेको उक्त म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी मनोज थापाले गरेका छन्।भनै गीतमार्फत अभिनय क्षेत्रमा प्रवेश गरेकी सरु सम्भावना बोकेको मोडलको रुपमा हेरिएको छ। म्युजिक भिडियो गीत अनुसार मार्मिक कथामा तयार पारिएको निर्देशक थापाले बताए। भिडियोमा दाजु बहिनीको प्रेम, प्रेमिकाले आफ्नो रोग लुकाएर प्रेमिबाट टाढा भएको कथा र प्रेमिकाको मृत्युलाई भिडियोमा देखाउन खोजिएकोछ। अमृत सुनुवारको छायांकनमा तयार भएको यस भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन्। उक्त भिडियो शिवपुरी टेलिभिजन र एक्टर नेपाल नेटवर्कले संयुक्त निर्माण रुपमा गरेको हो।