https://www.youtube.com/embed/mdTkHDF-KOo

रमिता भण्डारीको तेस्रो गितीसंग्रह सानी नानी

Hollywood Khabar April 14,2018 Comments

काठमाडौं /गायिका तथा मोडल रमिता भण्डारीको तेस्रो गितीसंग्रह सानी नानी श्रोता माझ आएको छ । नयाा वर्ष २०७५ को अबसर पारेर गायिका भण्डारीले तेस्रो एल्वम प्रकाशनमा ल्याएकी हुन । एल्वममा संग्रहीत गीतहरुका केहि गितको भिडियो भने यस अघि नै बजारमा आइसकेका छन्। यस एल्वममा ६ वटा गीत संग्रहित रहेका छन् । सानी नानी, के यो माया हो, छल्कीयो जवानी, जुनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरु सानी नानी एल्वममा रहेका छन्। गायन, अभिनय तथा इभेन्टमा व्यस्त छिन्। बहुप्रतिभाकी धनी भण्डारीले तिन वटै विधालाई एक साथ अघि बढाएकी छिन् । यसअघि उनले दुई वटा सोलो एल्वम ल्याइसकेकी छिन् । एल्वमलाई रशलाइट मिडियाले बजारमा ल्याएको हो।
सानै उमेरमा व्याण्डबाट प्रभावित भएकी भएर संगीतमा लागेकी उनी अहिले सफल कलाकारको रुपमा स्थापित छिन् । गायिका तथा मोडल रमिता भण्डारी नेपालीको मन मुटुमा बस्न सफल गायिका तथा मोडल भएकी छन् । लामो समय विदेशमा बसेपनि देश र आफ्ना संगीत प्रतिको मोहलाई कहिले मारिनन्। निरन्तर संघर्ष गरिरहिन । त्यहि संघर्षले आज उनलाई सफलताको यो विन्दुसम्म पुर्याएको छ।
गायिका, मोडल मात्र होइन कोरियोग्राफरको रुपमा परिचित छिन् । अहिले तेस्रो एल्वमको तयारीमा लागेकी उनी पहिलो गीत रेकर्ड गर्दाका क्षणलाई रमाइलो मान्दै निरन्तर साधना गर्दै आइरहेकी छन् । आज सबै दर्शक/श्रोताको माया पाउादा उनी खुशि छिन् । मिडियाको पनि राम्रै साथ र सहयोग पाएकी छन् । नयाा आउने पुस्तालाई बुझेर, मेहनत गरेर आउन आग्रह गछिन्।