लोक गायीका रमिला न्यौपानेसंग राज भारद्वाज

Hollywood Khabar September 20,2017 Comments

राज भारद्वाज/लस एन्जलस
झम झम दरकियो पानी र सलल मै बाग़ी आऊँला जस्ता चर्चित लोक दोहोरि पस्केकी रमिला न्यौपानेको जन्म सिन्धुपलचोक ज़िल्लामा भएको हो। उहाँ हाल राष्ट्रिय लोक दोहोरि प्रतिष्ठान क्षेत्र न ३ को संयोजक पनि हुनुहुन्छ। देश बिदेशसम्म अफ़नो कला प्रसतुत गरी सकेकी न्यौपानेसंगको छोटो कुरा कानी
राज भारद्वाज -रमिला जी भरखरै अष्ट्रेलियाबाट कार्यक्रम सकेर आउनु भाएको छ कस्तो भयो अष्ट्रेलियाको कार्याक्रम ?
रमिला - सोचे भन्दा धेरै राम्रोभयो, घेरै नेपाली दाजुभाई, दिदी बैहिनीहरू भेला हुनुभयो। साचै रमाईलो भयो।
राज भारद्वाज - हाल के गर्दै
रमिला - अष्ट्रेलियाबाट फर्केपछि एउटा देउसी-भैलो गितको रेकॉर्डिंग गर्दैछु।
राज भारद्वाज - कहिलेबाट गायन क्षेत्रमा लाग्नुभयो ?
रमिला- स्कूल पढ्दादेखि नै कार्यक्रममा भाग लिन्थे ९/१० वर्षदेखी हो। ऐले त एल्बम पनि निकाली रहेको छु।
राज भारद्वाज- कसको प्रेरणबाट यस क्षेत्रमा लाग्नुभयो ?
रमिला - घरपरिवार अनि साथीभाई
राज भारद्वाज- तपाईलाई कुन गीतले परिचित बनायो?
रमिला - झमझम दर्कियो पानी र सलल मै बाग़ी आउलले मलाई श्रोतामाँझ परिचय गरयो।  
राज भारद्वाज -प्रसंग अली परिवर्तन गरे है। तपाई त राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान क्षेत्र नं ३ को संयोजक पनि हो, राजनीति कति गर्नुहुन्छ ?
रमिला - राज़नीति त मलाई थाहा छैन, मात्र कलाकर हो।
राज भारद्वाज - राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा त राजनीति हुन्छ होलानी ?
रमिला - राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान विशुद्ध कला क्षेत्रको सस्था हो यहाँ राजनीति गर्ने ठाउ छैन।
राज भारद्वाज - अहिले सम्म कति देशमा प्रस्तुती गर्नुभएको छ ?
रमिला- जापान, यु के,  अष्ट्रेलिया लगयत १४/१५ देशमा।
राज भारद्वाज- अत्यमा तपाई आफ्ना श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
रमिला - विजया दशमी एयं दीपावालीको मंगलमय शुभकामना !