-NRNA NCC USA: रामहरि खडका बोर्ड सदस्यका लागि उम्मेद्वार

NRNA NCC USA: रेडियोकर्मी रामहरि खडका बोर्ड सदस्यका लागि उम्मेद्वार

Hollywood Khabar April 10,2019 Comments

कृष्ण के सी/अमेरिका/४/११/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा रामहरि खडका बोर्ड सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका गरेका छन्।

रामेछाप सुनापति गाउँमा जन्मेका खडका नेपालमा रहदा HBC मा रेडियोकर्मी समेत थिए। Amenesty International लगायत थुप्रै सामाजिक क्षेत्रमा काम गरेको बताउने खडकाले ओमन, बह्ररानमा रहँदा नेपाली समाजको संयोजक भएर समेत काम गरेका थिए।

२०१४ मा अमेरिका पुगेका खडका मेरिल्याण्डमा बस्दै आएका छन्। २०१५ देखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्य भएको कुरा हलिउडखबरलाइ बताए। हाल आफू Global TV Nepal र Nepal America Film Festival लगायत संस्थामा काम गरिरहेका कुरा खड्काले बाए।

विगत देखि नै सामाजिक क्षेत्रमा काम गरेको हुनाले यो पटक आफू एनआरएनए एनसीसी अमेरिका लागि इच्छित भएको उनले बताए। समग्र प्रवासी नेपालीको बृहत्तर हितको लागि केहि सेवा दिनका लागि आफू आकाँक्षी रहेको कुरा खडका बताउँछन्।