https://www.youtube.com/embed/eTVRy-7HF4Q

-रमेश परियारको शब्दमा कौरा गीत सिरैमा सिरफूल

रमेश परियारको शब्दमा कौरा गीत सिरैमा सिरफूल

Hollywood Khabar January 19,2021 Comments

नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएकी गायिका दिपा गुरुङ्ग र गायक नेत्र भण्डारीको कौरा गीत शिरैमा शिरफूल सार्वजनिक भएको छ।

गायक भण्डारी र गायिका गुरुङलाई स्वरमा रुपी सिंजाली मगर, प्रेमा रानामगर, ध्रुवराजा धिताल र गंगा पुनले साथ दिएका छन्। भण्डारीको लय तथा रमेश परियारको शब्दमा रहेको कौरा गीतमा विपिन आचार्यले संगीत संयोजन गरेका छन्। कौराको म्यूजिक भिडियोको निर्देशन भने दीप गुरुङले गरेका हुन्। गायिका दिपा गुरुङ्गको आफ्नै छोरीले पहिलो पटक नेपाली रंगीन अभिनय गरेकी छिन। भिडियोमा गुरुङ्ग चलचित्रका नायक आनन्द गुरुङ र अनिल गुरुङले समेत अभिनय गरेका छन्।