-एनआरएनए अमेरिका:पूर्व च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले आइसीसी सदस्य पदमा उम्मेदवारी दए

एनआरएनए अमेरिका:पूर्व च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले आइसीसी सदस्य पदमा उम्मेदवारी दए

Hollywood Khabar April 10,2021 Comments

हलिउडखबर, अप्रिल १०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा क्यालिफोर्निया राज्य च्याप्टरका पूर्व अध्यक्ष रामबाबु पाण्डेले संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

राम पाण्डे नुवाकोट जिल्लाको मदनपुर, बेल्कोटगढीमा जन्मनु भएको हो। काठमाण्डौको सरस्वती क्याम्पस पद्धै देखि ब्यबसायमा लागेका बताउँछन्। पाण्डे २०१० मा अमेरिका आएर लस एन्जलस बस्दै आएका हुन्।एक सफल इन्टरप्रेनर पाण्डे एलएमा रहेको चर्चित पशुपति-बुद्ध मन्दिर निर्माणका लागि सबै भन्दा धेरै आर्थिक/चन्दा दानदिने मध्येका एक हुन्।

२०१३ मा एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य बनेका पाण्डे २०१५ मा क्यालिफोर्निया राज्य च्याप्टरको उपाध्यक्ष निर्वाचित भए। २०१७ मा च्याप्टर अध्यक्ष भएका पाण्डे २०१९ मा केन्द्रिय उपाध्यक्षका प्रत्यासी थिए। पाण्डे यो पटक भने आइसिसि सदस्य पदका लागि प्रत्यासी भएका छन्।

उस्तो त राम पाण्डे एनआरएनए एनसीसी अमेरिकामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय महाधिवेशन तथा महाधिवेशनको प्रतिनिधि भएर २ पटक २०१७ र २०१९ मा काठमाण्डौ पनि गएका हुन्। पाण्डेले आफुले दुइ कार्यकाल च्याप्टरमा काम गरेको, महाधिवेशन प्रतिनिधि भएर २/२ पटक काठमाण्डौ गएको, एनसीसीका थुप्रै गतिबिधिमा सहभागी भएकोले अब अन्तराष्ट्रिय सदस्य भएर काम गर्ने इच्छा भएकोले उम्मेदवार भएको बताए।