-NRNA NCC USA:राम बाबु पाण्डे उपाध्यक्ष उम्मेद्धार

NRNA NCC USA:राम बाबु पाण्डेले गरे उपाध्यक्षमा उम्मेद्धारी दर्ता

Hollywood Khabar April 19,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा राम बाबु पाण्डेले उपाध्यक्षमा पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

लस एन्जलस निवासी ब्यबसायी पाण्डे नेपालको नुवाकोट जिल्लाका व्यक्ति हुन्। एनसीसी अमेरिकाका क्यालिफोर्निया च्याप्टर अध्यक्ष समेत रहेका पाण्डेले यो पटक एनसीसी उपाध्यक्षका लागि उम्मेद्वारी दर्ता गरेको कुरा हलिउडखबरसंग बताए।

पाण्डेको उम्मेद्वारीलाई प्रस्तावक पूर्व ICC सदस्य राजेन्द्र सिवाकोटी र समर्थन कृष्ण प्रसाद कोइराले गरेका छन्। नेपालीहरुलाई धेरै भन्दा धेरै ब्यापार-ब्यबसायमा संलग्न गराउन योगदान दिने नै आफ्नो प्रतिबद्धता रहेको कुरा पाण्डेले हलिउडखबरलाइ बताए।