-रक्षा सचिवद्वारा नेपाली सेना, जङ्गी अड्डाको निरीक्षण

रक्षा सचिवद्वारा नेपाली सेना, जङ्गी अड्डाको निरीक्षण

Hollywood Khabar March 20,2019 Comments

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौं, नेपाल

प्रेस विज्ञप्ति नं:-१११

मिति:- २०७५ चैत्र ०७ गते

समय:- २०१५ बजे

आज मिति २०७५ चैत्र ०७ गते रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव श्री रेश्मीराज पाण्डेले जंगी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ। उहाँलाई नेपाली सेनाका बलाधिकृत रथी श्री हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गर्नु भएको थियो ।

रक्षा सचिव श्री पाण्डेलाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धित विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियो ।

साथै उक्त कार्यक्रम पश्चात उहाँले प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग समेत भेटवार्ता गर्नु भएको थियो।