https://www.youtube.com/embed/X5ffRg0hZME

रक मै जम्ने भो : सरस्वती लामाको गीत उत्कृष्ट तीज गीतका लागि दर्ता

Hollywood Khabar August 10,2017 Comments

रक गायिका सरस्वती लामाको पहिलो पटकको तीजको गीतले नेपालीहरुको दुनियाँमा तहल्का नै मच्चाएको छ। परंपराको स्वाद भन्दा ऐलेका पारखीहरुलाई फोकस गरेर लेखिएको यो गीत ऐलेको नेपाली समाजमा सबै भन्दा धेरै चर्चामा छ।  
बजारमा आएको २ हप्तामा नै यो वर्ष रेकर्ड भएका ११०० वटा अरु तीजका गीतलाइ पछार्दै टप रहन सफल भएको छ। उसो त यो गीत सामाजिक संजालमा केही व्यक्तिहरुले अन्य नाममा नक्कली भिडियो क्रयाक गरेर पोस्ट गर्दा झनै भाइरल भएको छ। त्यो संजालको भिडियो भ्यूवर नै १५ लाख भन्दा धेरै भइसकेका छन्।  
म्यूजिक नेपालको अफिसियल यूट्यूब साइबाट https://www.youtube.com/watch?v=X5ffRg0hZME  बाट बजारमा ल्याइएको गीत २ हप्तामा नै ५९ हजार भन्दा धेरै भ्यूवर भैसकेको छ। हाल चर्चाम गायिका लामाको यसपालीको तीज पनि रक मै जम्ने भो अनि अरु दुइ गीत कुटुमा कुटु, ऐनाले झुक्यायो रहेका छन्।
यो रक मै जम्ने भो गीत यो वर्षका उत्कृष्ट तीजका गीतहरुमा प्रतिष्पर्धा गर्नको लागि दर्ता समेत भएको कुरा गायिका लामाले जानकारी दिनु भएको छ।
शब्द - सरस्वती लामा/कृष्ण के सी
संगीत - टंक बुढाथोकी
भिडियो निर्देशन/कोरियोग्राफी: बिक्रम चौहान
क्यामेरा/भिडियो इडिट: यूवराज खत्री
आर्टिस्टहरु: बिपना बस्नेत, रीना थापा मगर, निशा तामांग, मालिका थोकर, सुनिता दोङ्ग, कमल फुंयाल, बाबुराम भुजेल, स्वयम गायीका सरस्वती लामा लगायत दुइ दर्जन।
रेकर्डिङ्ग: स्टूडियो “9”
जय जय भोले पशुपती शिव शम्भो
लामो सारी लगाउँदा जीउमा गरम भो ---