-राजसँस्था पुन:स्थापनाको लागि शाही युवा शक्ति नेपालले बिशाल आमसभा गर्दै

राजसँस्था पुन:स्थापनाको लागि शाही युवा शक्ति नेपालले बिशाल आमसभा गर्दै

Hollywood Khabar February 24,2021 Comments

हलिउडखबर, काठ्माण्डौ, फेब्रवरी २४, २०२१

राजसँस्था पुन:स्थापनाको लागि शाही युवा शक्ति नेपालले काठमाण्डौमा बिशाल आमसभाको आयोजना गरेको छ।

फाल्गुन १५ गत्ते शनिबार दिनको २:०० बजे काठमाण्डौको गोङ्गबुस्थित बिजी मल क्षेत्रमा आयोजित बिशाल आमसभामा शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्का र अर्का नेता डिल्लिराम खनालले संबोधन गर्ने कुरा बताइएको छ।

शाही युवा शक्ति नेपाल, काठमाण्डौ क्षेत्र # ६ द्वारा आयोजित सो राजसँस्था पुन:स्थापनाको लागि गरिने आमसभामा ठुलो जनशक्ति उपस्थित रहने बताइएको छ। कार्यक्रम र अभियानबारे बोल्दै शाही युवा शक्ति नेपालका केन्द्रय अध्यक्ष खड्काले आफूहरु राजसँस्था पुनर्स्थापित गरेरै छाड्ने बताए। शक्तिले नेपालका थुप्रै ठाउँहरुमा राजसँस्था पुनर्स्थापानाको लागि प्रदर्शन र आमसभा गर्दै आएको छ।