NRNA: महासचिव बद्रि के सी मखंचेमा, राजेश राणा सर्वोच्चमा

Hollywood Khabar January 18,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ (NRNA) ले विगत ६/७ वर्ष देखि संघको कार्यकारी निर्देशकको रुपमा कार्यरत राजेश शंशेर राणालाइ बिना सुचना, बिना कारण भोलि देखि काममा नआउनु भन्ने आदेश दिए पछि आश्चर्य पैदा भयो।
यसका लागि संघका महासचिव डा बद्रि के सीले राणालाइ हटाएर ७ दशक उमेर पुगेका बयोबृद्ध डा हेमन्त कुमार दवाडीलाइ नियुक्ति दिनुभयो। दवाडी संघमा काम गर्न अयोग्य भएका कारण तत्कालिन कार्यसमितीको बैठकको निर्णयद्धारा फायर गरेका व्यक्ति हुनुहुन्छ। उसै पनि डा दवाडीको कामको इतिहास हेर्ने हो भने सबै ठाउँबाट फायर गरेको मात्र रेकर्ड छ भन्नुहुन्छ एकजना निवर्तमान क्षेत्रीय संयोजक।
यसका अलवा अरु एक दर्जन जति अलोकपृय निर्णय गरेपछि विश्वभरिबाट अध्यक्ष भबन भट्ट र महासचिव बद्रि के सीको चर्को बिरोध भएको छ। बिषयको पछिल्लो अवस्था बुझ्दा संघका पदाधिकारीहरु एक तह हच्केको र अन्य अभियन्ताहरु टुङ्गोमा नपुगे सम्म निरन्तर लागि रहने पक्षमा रहेको पाइयो। आफूलाई परेको अन्यायलाइ राजेश शंशेर राणाले सर्वोच्च अदालतमा न्याय माग्न मुद्धा मात्र होइन स्टेअर्डर समेतको लागि अपिल गरेको थाहा हुन आएको छ।
यसबाट डा दवाडीको नियुक्ति तत्काल रोकिन सक्नेछ। यति मात्र होइन राणालाइ बिधान, नियम, विनियम र संघको पूर्वनिर्णयको समेत बिपरित निस्काशन गरेकोले नेपाल सरकारसँग आबद्ध/दर्ता भएको संघलाइ ति सबै कानुन, बिधि, बिधान र विनियम लागु हुनेछ। यो अर्थमा राणाको पुनरबहाली हुने सजिलै हुन्छ भन्नुहुन्छ एकजना आइइएसकै पदाधिकारी।
यो पछिल्लो कदमबाट उन्मत्त भएका संघका महासचिव डा बद्रि के सी मखंचेमा पर्ने निश्चित भएको कुरा एकजना निवर्तमान क्षेत्रीय संयोजकले बताउनुभयो। यति मात्र होइन अझै संघको हितविपरित काम गर्दै गएमा सम्पूर्ण कुराको अनुगमन र अडित समेत गर्नेकुरा उहाले दावी समेत गर्नुभयो।