https://www.youtube.com/embed/fNT9ebNKdec

राजेन्द्र सापकोटाको मुग्लिनको भात र उनकी ऊ

Hollywood Khabar July 14,2017 Comments

यदी भनिएको डाटामा सत्यता छ भने महिलाहरुको महानपर्व हरितालीका तीजको अवसरमा दैनिक करिव दुई दर्जन गीतहरु सार्वजनिक हुने गरेका छन्।
कुनै बेला यस्तो पनि थियो तीजका गीत सासुबुहारी र माइतीमा केन्द्रीत थियो तर पछिल्लो केहि बर्ष यता तीजले आफ्नो क्षेत्र विस्तार गरेका छ। अब तीजका गीत माया प्रेम, देश विकास, मिलन विछोड समेतलाई आफ्नो क्षेत्रमा पारेको छ। यस्तै यो बर्ष धेरै गीत लेख्ने मध्येका एक सर्जक शिव अखेलीको शव्दमा लोकप्रिय गायक राजेन्द्र सापकोटाको तीज गीत मुग्लीनमा भात खाँदा सार्वजनिक भएको छ।
गीतले घर छोडेर विदेशीने नेपालीहरुको पिडा र बेदनालाई विषयबस्तु बनाएको छ। राजेन्द्र सापकोटा र पुर्णकला वि.सीको आवाज रहेको सो गीतमा लय सिर्जना गायक सापकोटाकै रहेको छ भने गीतको म्युजिक भिडियो शंकर वि.सीले निर्देशन गरेका छन।