-राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

चारदेशका राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

Hollywood Khabar November 10,2019 Comments

२५,कार्तिक,काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चारदेशका राजदूतहरुले आ–आफ्नो ओहोदाका प्रमाणपत्र पेश गरेका छन्।सोमबार राष्ट्रपति भवन शीतल निवासमा नेपालका लागि अर्जेन्टिनाका गैरआवसीय राजदूत डानियल चुबुरु,श्रीलंकाकी आवासीय राजदूत हिमाली सुवासिनी डे शिल्भा अरुनाटिलका,र बहराइनका गैरआवसीय राजदूत अब्दुलाह रहमान मोहमद अहमेद अल गाउड,लाओसका गैरआवसीय राजदूत बाउनेमे चोङ्होमले आ–आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डारी समक्ष पेश गरेका हुन्।