-राजन अधिकारी बोर्ड सदस्यका उम्मेदवार

एनआरएनए अमेरिका चुनाव:राजन अधिकारी बोर्ड सदस्यका उम्मेदवारलाइ भोट

Hollywood Khabar April 30,2021 Comments

हलिउडखबर, अप्रिल ३०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा राजन अधिकारी बोर्ड सदस्यका उम्मेदवार।

म कृष्ण के सीले राजन अधिकारीका बारेमा भन्नुपर्दा:

जन्मले राजन अधिकारी गोर्खाली म ललितपुरे। कर्मले हामी दुवै अमेरिका त्यसमा पनि दुबैजना क्यालिफोर्निया राज्यमा बस्ने। म सान फ्रान्सिस्को बस्छु अनि राजजी लस एन्जलसमा बस्ने। भेट्नलाइ करिब ६ घण्टा लामो समय ८० माईल प्रतिघण्टाको गतिमा ड्राईभ गर्नुपर्छ। अथवा १ घण्टाको फ्लाइट गर्नुपर्छ। अन्यथा एक आपसमा भेट हुन्न।

हाल सम्म ३ पटक जति हाम्रो भेट हुने जोहो मिलेको छ। एक पटक आफू एलए जाँदा अर्को पटक हलिउडखबरको बार्षिक उत्सवमा मेरो निमन्त्रणालाइ स्विकार्दै उहाँ आउनुहुँदा। अर्को पटक चाहिं गत २०१९ को अक्टुवरमा प्रतिनिधि भएर नेपाल जाँदा। ति हरेक भेट अत्यन्तै उत्साहित र मनोमोहक समेत बनेकका थिए। त्यो भन्दा बाहेक हामी करिब ७-८ बर्ष देखी निरन्तर सम्पर्क र संवादमा मात्र रहेका छौं।

राजनजी मान्छे निकै हंसिलो, सकारात्मक र सहयोगी त हो नै त्यस बाहेक साहित्य तर्फ उत्तिनै अभिरूची राख्ने हुनाले राजनका कबिता, आलेखहरू हलिउडखबरमा पोष्ट गर्ने मौका पनि मलाई मिलेको थियो। सामाजीक काम र संघसंस्था तर्फ प्रशस्तै ध्यान दिने सहयोग पनि गर्ने तर कार्यकारी पदमै रहनुपर्छ भन्ने मान्यताबाट सधैं टाढा रहने हो। तर यस पटक भने घरभित्रै पसेर झाडु लगाए मात्र घर सफा गर्न सकिने रहेछ भन्न थालेको पाएँ। त्यसैले होला केहि महिना पहिला आफू एनआरएनए एनसीसी अमेरिकाको बोर्ड सदस्य पदमा उमेद्वार हुने कुरा बताउनु भएको थियो। हरेक चुनावमा क-सलाई भोट गर्ने हामीले सल्लाह गर्ने गरेको पनि धेरै पटक भयो। अब यो पटक मैले बिना सल्लाह राजनजीलाइ मत दिनु र अरुसंग पनि माग्नु पर्ने भयो।

बिभिन्न गुट उपगुट, छिनाझम्टीले गॉंजेको संस्थामा राजनजी अलिकति स्वतन्त्र, निडर र निस्वार्थ ब्यक्ति भएकाले सहि लाग्छ। जिम्मेवारी दिनसके संस्थाका थुप्रै काम गर्न सक्नुहुन्छ भन्ने ठम्याई मेरो छ। त्यसैले मैले बिश्वासका साथ थोरै मात्र ब्यक्तिलाई एनआरएनए एनसीसी अमेरिकाको आगामी निर्बाचनमा भोट दिन अनुरोध गर्न सक्ने अवस्था छ। थोरै मध्ये पनि एक जना ब्यक्तिमा राजन अधिकारीजी पनि हुनुहुन्छ। मलाई र मेरो सामाजीक कामलाई बिश्वास गर्ने सम्पूर्ण साथीहरूलाई निसंकोच राजन अधिकारीजीलाई भेट दिएर बिजयी गराउन अनुरोध गर्दछु।